Comments Add Comment

‘हिमाली क्षेत्रमा राहत हामी लैजान्छौं, हेलिकोप्टर देऊ’

Sherpa-Savasd,-Gyapanpatra

१३ जेठ, काठमाडौं । हिमाली गाउँहरुमा राहत नपुगेको भन्दै सरकारसँग हेलिकोप्टर माग गरेका छन् । शेर्पा तथा तामाङ समुदायका प्रतिनिधिहरुले बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर हेलिकोप्टर दिए राहत आफैंले जम्मा गरेर लैजाने बताएका छन् ।

प्रधानमन्त्री कोइरालालाई बुझाएको १० बुँदे ज्ञापन पत्रमा राहत लैजान एमआई १७ हेलिकोप्टर आवश्यक पर्ने उल्लेख छ ।

पूर्व सभासद पासाङ शेर्पाका अनुसार गोरखाको नौ गाविस छेकम्पार, चुन्चेत, प्रोक, ल्हो, बिही, सामागाउँ, सिर्दिबास, केरोङजा र उहियामा राहत पुग्न सकेको छैन ।

यस्तै, रसुवाको लाङटाङ र हाकु, नुवाकोटको कासिर गाउँ, सिन्धुपाल्चोकको बकाङघ्याङ, गोम्बा, मेलम्ची घ्याङ र बारुवामा राहत सामग्री पुग्न सकेको छैन । यसैगरी, दोलखाको बिगु, झ्याँकु, लामाबगर, बुराङ, गौरीशंकर, चिलांखा र चांखुमा राहत नपुगेको शेर्पा समुदायले जनाएका छन् ।

यस्तै, सोलुखुम्बुको नाम्चे, खुम्जुङ, चौंरीखर्क, बुङ, छेस्काम, गुदेल तथा रामेछापको गुम्देल, चुचुरे, ठोसे, बाम्ती, पिर्ती, रस्नालु, गुप्तेश्वर, भुजी र बेतलमा अझैसम्म पनि कुनै राहत नपुगेको उनीहरुको भनाइ छ ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पूर्वमन्त्री आङछिरिङ शेर्पा, सभासद्हरु ल्यारक्याल लामा, जनजाति महासंघका महासचिव डोण्डु ढोक्प्या, नेपाल बौद्ध महासंघका नोर्बु शेर्पा, पूर्व सभासदहरु जीपछिरिङ शेर्पा, आङदाबा शेर्पा, पासाङ शेर्पा लगायतका एक दर्जन प्रतिनिधिहरु बालुवाटार पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment