Comments Add Comment

भूकम्प पीडित विद्यार्थीलाई छात्रवृत्ति दिने बेलायती विश्वविद्यालयको घोषणा

१३ जेठ, काठमाडौं । बेलायतको मिडलसेक्स विश्वविद्यालयले नेपालका भुकम्प प्रभावित विधार्थीका लागि नयाँ छात्रवृत्तिको घोषणा गरेको छ । मिडलसेक्समा अध्ययनरत विधार्थीहरुको पहलमा एक करोड नेपाली रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेको हो ।

भुकम्प प्रभावित विधार्थीहरुले अध्ययनरत शुल्क, बेलायत जाने विमान खर्च तथा बेलायतमा बसोवासका लागि छात्रवृत्ति प्रयोग गर्न सक्नेछन् ।

विश्वविद्यालयको पूर्वविद्यार्थी तथा विद्यार्थी युनियनकी प्रतिनिधी श्रेया पौडेलको पहलमा बेलायत पढ्न इच्छा व्यक्त गर्ने विद्यार्थीलाई विश्वविद्यालयले सहयोगको हात अघि बढाएको हो ।

ुमिडलसेक्स विश्वविद्यालय र विद्यार्थी युनियनले मलाई सामाजिक न्याय र जिम्मेवारीबोधको चेतना प्रदान गरेको छ, जसमा मलाई अत्यन्तै गर्व छु श्रेयाले भनिन् ।

आफ्ना छोराछोरीहरुलाई बेलायती विश्वविद्यालयमा पढाउने तयारी गरेका अभिभावकलाई यो छात्रवृत्तिले सहयोग पुर्‍याउने छ । मिडलसेक्स विश्वविद्यालयकी उप-कुलपति केइटी वेलले भनिन् ‘हाम्रो विश्वविद्यालयमा अन्तराष्ट्रिय विधार्थीहरुको ठुलो उपस्थिति छ र सबै नेपालको पछिल्लो समाचार सुनेर मर्माहित छौं ।’

मिडलसेक्सले बि्रटिस गोर्खाका छोराछोरीलाई पनि छात्रवृत्ति प्रदान गदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment