Comments Add Comment

प्रवासी नेपाली सिङगिङ आइडलको फाईनल १२ जुनमा हुने

घनश्याम पराजुली (कृष्ण)

दोहा । प्रवासी नेपाली सांगितिक परिवार र समाज सेवा अभियान रुपन्देहीको संयुक्त आयोजनामा कतारमा आयोजित प्रवासी नेपाली सिङगिङ आईडलको फाईनल आगामी १२ जुन शुक्रबारका दिन हुने भएको छ ।

गत बैशाखमा नेपालमा गएको विनासकारी भूकम्पबाट नेपालले बेर्होनु परेको क्षतिलाई मध्यनजर गर्दै कार्यक्रम पछाडि सार्नुपरेको आयोजकले जनाएको छ ।

singing idol-dohaभूकम्प पीडितलाई सहयोग गर्ने उद्देेश्यले सिङगिङ आईडलको फाईनल कार्यक्रम आगामी १२ जुनमा गर्न लागिएको हो ।

कार्यक्रमको टिकटबाट केही रकम भूकम्पपीडितका लागि सहयोग गरिने कार्यक्रम संयोजक तथा प्रवासी नेपाली सांगितिक परिवार कतारका अध्यक्ष शक्ति क्षेत्रीले बताए ।

मातृभूमिको यस भयानक अवस्थालाई मध्यनजर गर्दै सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

फाईनल कार्यक्रममा भूकम्पपीडितको सहयोग संकलनका लागि कार्यक्रमकी निणर्ायक तथा चर्चित लोकदोहोरी गायिका देबिका केसीको संयोजकत्वमा रहने क्षेत्रीले जानकारी दिए ।

प्रवासी नेपाली सिङगिङ आईडलको चौथो राउण्डबाट १० जनालाई फाईनलमा भिड्ने चुनौती थपिएको थियो भने कार्यक्रमबाट १० जना बाहिरिएका थिए । टप १० मध्येका प्रतिस्पर्धी मध्यका सुभराज राई अचानक नेपाल र्फकेकाले वाईल्ड कार्ड च्यालेन्ज मार्फत सारुख सुन्दास छनोट भएका थिए ।

वाईल्ड कार्ड च्यालेन्जमा सेमिफाईनल राउण्डबाट बाहिरिएका ३ जना प्रतिष्पर्धीको प्रतियोगिताबाट उनी छनोट हुन सफल भएका हुन ।

त्यस्तै सेमिफाईनलबाट छनोट भएका बाँकी ९ जना सहित उनको फाईनलमा प्रतिस्पर्धा हुनेछ । सनैयाको वेष्टइन्ड पार्कस्थित ग्राण्ड मल नजिकै रहेको ग्लोवल सिनेमा घरमा बिहान ११ ः ३० बजे बाट फाईनलको प्रतिस्पर्धा हुने जनाइएको छ ।

फाईनलमा सारुख सुन्दास, रेशम गुरुङ्, ललितकुमार लिम्बु , अर्जुन खरेल, मधु लामा, अमृत कुरुवाङ्ग, रामकुमार राई, शेरबहादुर लिम्बु , कविन गुरुङ् र ज्योति गुरुङ्बीचमा प्रतिस्पर्धा हुनेछ ।

कार्यक्रममा प्रतिस्पर्धीहरुलाई निर्णायकहरुको ५० अंक र सहभागीहरुको भोटिङ्ग मार्फत ५० अंक तय गरिने छ । कार्यक्रममा सहभागी हुने दर्शकहरुको टिकट मार्फत भोट गर्न सकिने छ ।
६० जना सहभागिहरु मध्यबाट पहिलो अडिसनमा ४४ जना छनोट भएका थिए । दोश्रो अडिसनबाट २९ जना र तेश्रो अडिसनमा टप २० छनोट भए ।

त्यस्तै चौथो अडिसन अर्थात समेमिफाईनल राउण्डबाट १० जना छनोट भएका थिए । १० जनामध्ये १ जना नेपाल र्फकिसकेकाले वाईल्ड कार्ड च्यालेन्ज मार्फत अर्का १ जना प्रतिष्प्रधी छनोट गरिएको थियो । 

प्रवासी नेपाली सिङगिङ्ग आईडलको विजेताले रु १ लाख नगद पुरस्कार, उपविजेताले ५० हजार नगद पुरस्कार र तेश्रो स्थानमा आउनेले २५ हजार नगद पुरस्कार पाउनेछन । बिजेताहरुलाई आयोजक संस्थाले एलबम रेकर्डिङ्ग, निःशुल्क संगीत कक्षा लगायतका आर्कषक अवसर दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment