Comments Add Comment

अमेरिकी हेलिकोप्टर दुर्घटनास्थलमा थप मानव अस्थिपन्जरको भाग भेटियो

१३ जेठ, काठमाडौं । भूकम्प पीडितको उद्धारका क्रममा अमेरिकी मरिन हेलिकोप्टर दुर्घटना भएको स्थानमा थप मानव अस्थिपन्जरको भाग भेटिएको छ ।

A-UH-1Y-Huey,-Marine-Light-Attack-Helicopter-Squadron-469दोलखाको लादुक र लामिडाँडाबाट उद्धार गरिएका पाँच जना हराइरहेको खबर आएको बेला हेलिकोप्टर दुर्घटनास्थलमा मानव अस्थिपन्जर भेटएको हो ।

२९ गतेको शक्तिशाली भूकम्पपछि उद्धार तथा राहतमा दोलखा र सिन्धुपाल्चोकका लागि गएको अमेरिकी हेलिकोप्टर सिन्दुरेडाँडामा दुर्घटना भएको थियो ।

उक्त हेलिकोप्टरमा दुई नेपाली सेना र ६ अमेरिकी सैनिक थिए । तर, हालै मात्र दोलखाको लादुक र लामिडाँडाबाट ५ जना घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिएको तर, अस्पतालहरुमा नभेटिएको भन्दै परिवारजनले दुर्घटनाग्रस्त हेलिकोप्टरमा परेको आशंका गरिएको छ ।

दुर्घटनास्थलमा भेटिएका मानव अस्थिपन्जरका भागलाई काठमाडौंमा ल्याएर परीक्षण सुरु गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले छ ।

साथै यसअघि संकलन भएका २ नेपाली र ६ अमेरिकी सैनिकको भए नभएको पहिचान गर्न अमेरिकी विशेषज्ञ टोलीको सहयोगमा संयुक्त रुपमा डिएन परीक्षण सुरु रिएको छ ।

सेनाका अनुसार हराइरहका भनिएका पाँच जनाबारे सेना, स्थानीय प्रशासन र अन्य सुरक्षा निकायबाट अस्पतालहरुमा बुझ्दा नभेटिएको भेटिएको छैन । सेनाले अहिले भइरहेको अनुसन्धान र डिएनए टेष्ट पश्चात मात्र प्रतिवदेन सार्वजनिक गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment