Comments Add Comment

८५ वर्षपछि सगरमाथा हिउँविहीन !

१४ जेठ, काठमाडौं । यो शताब्दीको अन्त्यसम्म विश्वकै सर्वोच्च शिखर सगरमाथालगायतका हिमाल हिउँविहीन हुने प्रक्षेपण वैज्ञानिकले गरेका छन् ।

sagarmatha-9

तापक्रम वृद्धि गरी हिउँ पगाल्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कार्बनडाइअक्साइड उत्सर्जनको यही गति कायम रहे ७० देखि ९९ प्रतिशत हिउँ नरहने चेतावनी बुधबार सार्वजनिक अनुसन्धान प्रतिवेदनमा दिइएको छ। युरोपियन जिओसाइन्स युनियन जर्नलमा प्रकाशित विश्वभरिका वैज्ञानिकको संयुक्त अनुसन्धान प्रतिवेदनमा तापक्रम बढ्ने क्रम नरोकिएकाले हिमालहरू नांगा हुने प्रक्षेपण गरिएको छ।

अनुसन्धान टोलीको नेतृत्व गरेका नेपालस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास तथा अनुसन्धान केन्द्र (इसिमोड) का वैज्ञानिक जोसेफ सीले ठूलो आकारमा हिउँ बिलाउन थालेको बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

वैज्ञानिकहरूले सगरमाथाको हिउँ पग्लिएर बग्ने विभिन्न नदी प्रणालीसहित विभिन्न प्रविधि प्रयोग गरेर अनुसन्धान गरेका थिए। सगरमाथासहित अग्ला हिमाल र दूधकोसी नदीलाई मुख्य आधार बनाएर अध्ययन गरिएको थियो।

दूधकोसी चार सय वर्ग किलोमिटर क्षेत्रमा ज म्मा भएको हिउँबाट बग्छ।आगामी दिनमा हिउँ पग्लिने क्रम अझै बढ्ने अनुमान वैज्ञानिकहरूको छ।

हिउँ जम्न चाहिने शून्य डिग्री सेल्सियस तापक्रम हिमालको माथिल्लो भेगतिर बढ्ने र तलको हिउँ पग्लँदै जाने अनुमान छ।

हाल तीन हजार दुई सयदेखि पाँच हजार पाँच सय मिटरमा हिउँ जम्छ। तापक्रम बढ्दै जाँदा यो शताब्दीको अन्त्यसम् म आठ सयदेखि १२ सय मिटरमाथि मात्रै हिउँ पग्लिनेछ। ‘तापक्रम बढ्दा हिउँ जम्मा हुने क्रम घट्ने मात्र होइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment