Comments Add Comment

मन्त्रीको छोरा दावी गर्ने गणेशको निवेदन एमाले मुख्यालयमा

kripashur sherpa Sex abuse 650_

१४ जेठ, काठमाडौ । पर्यटन तथा नागरिक उड्डेयनमन्त्री कृपासुर शेर्पालाई बाबु दावी गर्दै आएका गणेश शेर्पाले नागरिकता दिलाइदिन माग गर्दै बुधवार एमाले मुख्यालयमा निवेदन दिएका छन् ।

तीन पृष्ठ लामो निवेदनमा उनले बाबु कृपासुरको नामबाट नागरिकता दिलाइदिन माग गरेका छन् ।

टेन्टबाट सञ्चालन हुँदै आएको एमाले मुख्यालयमा गणेशको निवेदन कार्यालय सहयोगी चन्द्रदेव पासवानले दर्ता गरेर कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलाई बुझाएको नयाँ पत्रिकामा खबर छ ।

एमाले कार्यालय सचिव श्रेष्ठले गणेशले दिएको निवेदनबारे अध्यक्षलाई जानकारी गराउने बताए । गणेशले आफू मन्त्री कृपासुरको छोरा भएको प्रमाणित कागजातको रुपमा शैक्षिक प्रमाणपत्र, काठमाडौ जिल्ला अदालतमा दिएको मुद्दाको फोटोकपी पनि निवेदनसँगै संलग्न गरेका छन् ।

मन्त्री कृपासुरले दलित महिलामाथि यौनशोषण गरेको आरोप शिर्षकमा अनलाइनखबरले पहिलो पटक खबर छापेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment