Comments Add Comment

मनोचिकित्सकको सल्लाह-आयो आयो भनेर हल्ला नगर्नुस्

१४ जेठ, काठमाडौ । आयो, हल्लायो, भुँइचालो आयो भनेर हल्ला गर्दा स्कुले विद्यार्थीको मानसपटलमा ठूलो असर पर्ने मनोचिकित्सकहरुले शिक्षकहरुलाई सुझाव दिएका छन् ।
Barpak earthquake center  of nepal (बारपाक) (26)
हात्तीवनस्थित लिटिल एन्जेल्सका शिक्षकहरुलाई परामर्श दिँदै मनोचिकित्सक संघका अध्यक्ष एवम् बरिष्ठ मनोचिकित्सक डा.सरोज ओझाले त्यसरी हल्ला गर्दा बालबालिकाको मानसपटलमा असर पर्ने बताए ।

भूकम्पका कारण स्कुले बालबालिकामा त्रास कायमै रहेकाले बालबालिकालाई सानो श्वरमा पढाउन तथा विद्यालय खुल्नासाथ पाठ्यक्रम भन्दा रमाइलो विषयमा ध्यान केन्द्रित गराउन पनि उनले सुझाव दिएको नेपाल समाचारपत्रमा खबर छ ।

त्रिवि शिक्षण अस्पताल मनोचिकित्सा विभागका प्रमुखसमेत रहेका उनले भूकम्पले गर्दा करिब ३० प्रतिशत बालबालिकामा मानसिक असर परेको बताए । भुइँचालो आउँदा शिक्षकहरु पनि आत्तिन र भाग्न नहुने उनले सुझाव दिए । सरकारले आउँदो आइतबारदेखि देशभरका विद्यालय खोल्न निर्देशन दिए लगत्तै मनोचिकित्सकको उपस्थितिमा मनोसामाजिक परामर्श दिन शुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment