Comments Add Comment

राहत बुझ्न फर्जी विवरण !

१४ जेठ, काठमाडौं । सरकारले दिने सुविधा तथा राहत लिने लोभमा नुवाकोटमा भूकम्पबाट भत्केकाभन्दा बढी घर संख्या देखाइएको छ। पीडितहरूले एक घरमा रहेका पतिपत्नी, छोराबुहारी पनि छुट्टिएर भिन्न भइसकेको दाबी गर्दै छुट्टाछुट्टै नाम लेखाएपछि घरधुरीको संख्या बढी देखिएको हो।

यसरी लेखाइएको नामका आधारमा गाविस कार्यालयले प्रारम्भिक चरणको राहत प्रदान गरेपछि यो तथ्य खुल्न आएको अन्नपूर्ण पोस्टमा खबर छ।

२०६८ सालको जनगणना, सम्बन्धित गाविसका प्राविधिकले निकालेको तथ्यांक र भूकम्पपछि राहत वितरण गरिएका घरको तथ्यांक फरकफरक छ।

यसबाट घरसंख्या बढी देखाएर एकै परिवारका धेरैजनाले राहत बुझेको देखिएको छ। जिल्ला दैवीप्रकोप उद्धार समितिले विदुर नगरपालिका र ६१ गाविस रहेको नुवाकोटमा ५२ हजार घरधुरी रहेको जनाएको छ।

तर राहत तथा सुविधा पाइने लोभमा यो संख्याभन्दा ३० प्रतिशत बढी घर भत्किएको तथ्यांक प्राप्त भएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए।

जनगणनाअनुसार एक हजार पाँच सय ४९ घरधुरी रहेको बेलकोट गाविसमा पनि घरसंख्या वास्तविकभन्दा बढी देखाइएको पाइएको छ।
गाविसले एक हजार नौ सय घरधुरीलाई प्रारम्भिक चरणको राहत दिएको तर अझै दुई सयजति घरधुरीले राहत माग गरेको पूर्वगाविस अध्यक्ष वासुदेव कडुवालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment