Comments Add Comment

सेभिल्ला बन्यो युरोपा लिग च्याम्पियन

Sevilla-win--Europa-League-title-(2)
१४ जेठ, काठमाडौं । स्पेनिस क्लब सेभिल्लाले लगातार दोस्रो सिजन युरोपा लिग फुटबलको उपाधि जितेको छ ।

निप्रोलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभिल्लाले उपाधि रक्षा गरेको हो । यससँगै सेभिल्ला चार पटक युरो लिगको उपाधि जित्ने पहिलो क्लब बनेको छ ।

खेलमा अग्रता भने निप्रोेले लिएको थियो । सातौं मिनेटमा कलिजिकले गोल गरे । तर, २८ औं मिनेटमा सेभिल्लाले बराबरी गोल फर्कायो ।

३१ औं मिनेटमा कार्लोस बाकाले गोल गर्दै सेभिल्लालाई २-१ को अग्रता दिलाए । ४४ औं मिनेटमा निप्रोका रोटानले गोल गरे र पहिलो हाफ २-२ को बराबरीमा सकियो ।

तर, ७३ औं मिनेटमा बाकाले गोल गर्दै सेभिल्लालाई युरोपा लिगको उपाधि दिलाए । जितसँगै सेभिल्लाले आगामी सिजन च्याम्पियन्स लिगमा स्थान बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment