Comments Add Comment

राजधानीमै बन्दैछ लासहरुको छुट्टै सहर !

n-JERUSALEM-CEMETERY-large570लासको सहर ! सुन्दैमा झसँग भइने । वास्तवमा सहर त जिउँदो मान्छे बसेको पो हुन्छ, मरेको मान्छे अर्थात् लासको सहर कसरी हुन्छ ? तर विश्वमा एउटा यस्तो देश पनि छ जसले मरेका मानिसहरुका लागि छुट्टै सहरको निर्माण गर्दैछ । लासहरुको यो अनौठो सहरमा एयर कण्डिसनर, चम्किला विजुली बत्ती तथा लिफ्ट लगायतका सम्पूर्ण आधुनिक सुविधाहरु उपलब्ध हुनेछन् ।

लासहरुको यो सहर इजरायलको राजधानी जेरुसेलममा बन्न लागेको हो । जेरुसेलमलाई यहुदीहरुको पवित्र सहर पनि मानिन्छ । यहुदीहरुले मानिस मरिसकेपछि जेरुसेलममै अन्त्येष्टि गर्दछन् । इजरायलमा वर्षेनी ३५ हजार यहुदीको मृत्यु हुने गरेको छ । सोही कारणले अन्त्येष्टिका लागि समेत जग्गाको अभाव हुदै गएको छ र बचेको जमिनको भाउ पनि आकाशिएको छ ।

अन्त्येष्टिका लागि जग्गाको अभाव हुँदै गर्दा समस्याको समाधान खोज्दै मानिसहरुले ५ करोड डलरको कोष खडा गरेर विशाल मुर्दाघर बनाउन थालेका छन् । उक्त मुर्दाघरमा २० हजार भन्दा पनि बढि लासलाई अन्त्येष्टि गर्न सकिनेछ । उक्त भवनमा कैयन् भूमिगत सुरुङ हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment