Comments Add Comment

हावाहुरी कारण पाँच दिनदेखि विद्युत् अवरुद्ध

१४ जेठ, खोटाङ । हावाहुरीका कारण खोटाङमा पाँच दिनदेखि विद्युत् अवरुद्ध भएको छ ।

शनिबार साँझ पानीसँगै चलेको हावाहुरीका कारण विभिन्न ठाउँमा गाडिएका विद्युत् पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो ।

दिक्तेल–गाईघाट ११ केभी र ३३ केभी विद्युत् प्रसारण लाइनको ३३ वटा पोल ढलेपछि जिल्लामा विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण शाखा खोटाङले जनाएको छ । विद्युत् अवरुद्ध भएसँगै जिल्ला अस्तव्यस्त बनेको छ ।

यसको प्रत्यक्ष प्रभाव सञ्चारमाध्यम, उद्योगी तथा व्यापारी, सर्वसाधारणलगायतमा परेको छ । सरकारी कामकाजका लागि गाउँगाउँबाट सदरमुकाम दिक्तेल आएका सर्वसाधारण चर्को मूल्य तिरेर फोटो खिचाउनुका साथै फोटोकपी गर्न बाध्य भएका छन् भने, जिल्लामा सञ्चालित मोबाइल सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । मोबाइल सेवा पूर्णरुपमा अवरुद्ध भएपछि जिल्ला सञ्चारविहीन भएको छ ।

केहीले घन्टाको २० रूपैयाँ तिरेर मोबाइल चार्ज गराउने गरेका छन् । विद्युत् सेवा अवरुद्ध भएपछि चर्को मूल्य तिरेर फोटो खिचाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment