Comments Add Comment

भूकम्प बिर्सिन डान्सिङ मुडमा कोमल

Komal-oli

सायद तपाइले यस्तो कुराको याद नगरेको हुनसक्छ । तर, गायिका तथा कलाकार कोमल वलीले भने भूकम्पको कलर पनि याद गरेकी रहिछन् ।

काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा उनले भूकम्पको कलर समेत बताइन् । यती मात्र होइन विभिन्न समयमा आफ्नै डान्सिङ मुडमा भुकम्प आएको समेत भन्न भ्याइन् कोमलले ।

भुकम्प आउँदा मानिसका मुटु पनि विभिन्न तबरले धड्केको उनको भनाई थियो । भूकम्पको डान्सिङ मुड र कलर आ-आफ्नै प्रकारको थियो भन्दै कोमलले यस बारेमा अब आगामी पुस्तालाई पनि जानकारी गराउन आवश्यक रहेको बताइन् ।

उनले भनिन्-‘ हामी त भाग्यमाी पुस्ता हौं जसले भुकम्पको कलर र डान्सिङ मुड महशुस गर्न पायौं । अब, यस बारेमा भाबी पुस्तालाई पनि जानकारी गराऔं र सोही अनुसारको संरचना बनाउन लगार्अौ ।’ उनले कलाकारलाई यस बारेमा जनतालाई सचेत बनाउन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment