Comments Add Comment

भूकम्पले नेतालाई सही बाटोमा ल्यायोः अशोक शर्मा

ashok sharmaदेशका चर्चित ३ यूवा नेता उपस्थित भएको एक कार्यक्रममा निर्माता, निर्देशक तथा कलाकार अशोक शर्माले भने-‘नेताहरुले आजसम्म हामीलाई दुख दिएका थिए । जनतालाई दुख दिनु बाहेक अरु केही काम गर्न सकेका थिएनन् नेताहरुले ।’ अशोकले यसो भनिरहदा नेपाली कांग्रेसका नेता गगन थापा, एमाओवादीका नेता बर्षमान पुन र नेकपा एमालेका नेता रविन्द्र अधिकारी मुसुमुस हाँसे ।
निर्माता शर्माले भने-‘भुकम्पले नेताहरुलाई सही बाटोमा ल्याइदिएको छ । सबै नेताहरु गाउँ गाउँ पुगेर जनताका लागि काम गरिरहेका छन् ।’ उनले नेताले गर्नुपर्ने काम नै यही भएको बताए ।

नेताहरु हेलमेट लगाएर जनताकोमा पुग्नु पर्ने पहिले देखि नै भएपनि भुकम्पले यो वातावरण बनाइदिएको अशोकको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment