Comments Add Comment

वीर गोरखालीका निर्देशक र गान्धी ग्लोबलका प्रमुख प्रहरीको खोजीमा

१४ जेठ, काठमाडौं । वीर गोरखाली चलचित्रका निर्देशक सञ्जयबाबु ढकाल र गान्धी ग्लोबल फेमिली नेपालका संयोजक सूर्य भुसालका नाममा प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।Surya-and-Dhakal

मैतीदेवी निवासी एकजना ५० वर्षकी महिलाले गरेको लिखित उजुरीका आधारमा ढकाल र भुसाललाई जिल्ला प्रहरी कार्यालय काठमाडौंले कार्यालयमा हाजिर हुन भनेको हो । प्रहरीले दुबैलाई पक्राउ गरी उपस्थित गराउन गौशाला प्रहरीलाई पत्रसमेत लेखिसकेको छ ।

ढकाल र भुसालले ती महिलालाई चरित्र हत्या हुने किसिमका एसएमएस पठाएको पाइएपछि प्रहरीले वारेन्ट काटेको बताइएको छ ।
विभिन्न टेलिफोन नम्बर प्रयोग गरेर भुसाल र ढकालले ‘ती महिलालाई वेश्यावृत्ति सञ्चालन गरेर बसेकी छेस्, तँ १५ दिनमा पक्राउ पर्छेस्’ भनेर धम्काएको उजुरीकर्ताले प्रहरीलाई बताएकी छिन् ।

प्रहरीले काटेको पक्राउ पुर्जी
प्रहरीले काटेको पक्राउ पुर्जी

त्यस्तै विभिन्न चलचित्रको निर्देशन गरेका ढकालले वीर गोरखाली फिल्म बनाइरहेका छन् । भुसालको आर्थिक सहयोगमा फिल्म बनाइरहेका ढकालले भुसालको आग्रह अनुसार महिलामाथि एसएमएस र फोनबाट धम्की दिएको उजुरीकर्ताको दाबी छ ।

एसएमएसमार्फत् त्यसरी महिलाको चरित्रहत्या गर्नेमाथि विद्युतीय कारोबार ऐन अन्तरगत कारवाही हुने प्रहरीले बताएको छ ।
वारेन्ट काटिएका भुसाल गान्धी ग्लोबल फेमिली नेपालका कोअर्डिनेटर हुनुका साथै नेपाल भारत मानव विकास एवं मैत्री संघका अध्यक्षसमेत हुन् ।

भुसाल धनगढीमा खोल्न लागिएको नेपाल भारत मैत्री मेडिकल कलेजका अध्यक्ष समेत हुन् ।

आफूलाई भारतको प्यारो देखाउन भुसालले आफ्ना मानिस लगाएर महिलालाई दिएको फोन धम्कीमा ‘तँ चिनियाँ र पाकिस्तानी एजेन्ट समेत होस् भनेर तनाव दिएको पीडितले प्रहरीसमक्ष गुनासो गरेकी छिन् ।

फोनमा धम्की दिने व्यक्तिले आफूलाई एबीसीको पत्रकार बताउने गरेको पीडितले सुनाइन् ।

भुसालको स्पष्टीकरण

यसैवीच प्रहरीबाट वारेन्ट काटिएका सूर्य भूसालले अनलाइनखबरसँग भने- ‘मलाई अहिलेसम्म महानगरीय प्रहरी परिसरबाट फोन आएको छैन, उजुरी परेको पनि थाहा छैन । एकैचोटि प्रहरीको चिठी अनलाइनमा छापिएको देख्दा म सक भएँ, मेरो चरित्र हत्या भयो ।’

आफ्नो विरुद्धमा उजुरी गर्ने महिलाका बारेमा भने भुसालले उनी  विगतमा आफ्नो संस्थामा रहँदा राम्रो काम गरेकी महिला भएको बताए । उनले भने- ‘उहाँ केही वर्षअघि हाम्रै संस्थामा काम गरेको मान्छे हो । तर, केही वर्षदेखि मेरो सम्पर्क छैन ।’

वारेण्ट काटेर गौशाला प्रहरीलाई पत्र पठाएको समाचार आएपछि आफूले काठमाडौंका एसपीलाई टेलिफोन गरेको भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment