Comments Add Comment

कलाकार भन्छन्-‘हामी फुटेका छैनौ, स्वयंमसेवक सधै साथ हुनैपर्छ भन्ने छैन’

kalakar-house
काभ्रेमा घर बनाएसँगै ‘हामी सबैका लागि’ अभियान’मा आवद्ध केही कलाकारले आफूहरुलाई हेपाहा प्रवृत्ती देखाएकाले अलग भएको अनलाइनखबरसँग बताएका थिए । तर, यो अभियानका कलाकारले यो कुराको खण्डन गर्दै अनुशासनहिन जो कोहीलाई पनि चलचित्र क्षेत्रबाट नै अलग गर्नुपर्ने बताएका छन् ।

यो अभियानका संयोजक संयोजक सुरेश दर्पण पोख्रेलले भने-‘हामी हाम्रा सिनियरलाई सम्मान गर्छौ र जुनियरलाई हेरचाहा गर्छौ । तर, अनुशासन तोडेर काम गर्ने जो कोहीलाई पनि यो क्षेत्रमा नै स्थान दिनु हुदैन, ‘हामी सबैका लागि’ अभियानमा मात्र होइन ।’

उनले आफूहरुको अभियानबाट अलग भएका समुहका सदस्य नभई स्वयंमसेवक भएको बताए । उनले भने-‘हामी ११ जना सदस्य छौ, जो आज पनि एकसाथ छौ । स्वयंमसेवको रुपमा काम गर्नेहरु सधै नै रहनुपर्छ भन्ने पनि छैन । स्वयंमसेवा प्रचारका लागि भन्दा पनि मानवियताका लागि गर्ने हो ।’

यो टोलीमा संयोजकको रुपमा सुरेश दर्पण पोख्रेल छन् भने सह-संयोजकको रुपमा नायिका केकी अधिकारी छिन् । साथै सदस्यहरुमा यशराज गरच, नन्दिता केसी, वेनिशा हमाल, अजय पोख्रेल, जिवन लुइटेल, राजन काफ्ले, मेलिना मानन्धर र दीलिप रायमाझी छन् । अरु कलाकारले समुहमा बसेर नभई स्वयंमसेवकको रुपमा काम गरेको ‘हामी सबैका लागि’ का सदस्यहरुले बताएका छन् ।

यस्तै, आफूहरुको अभियान नसकिएकाले पूर्ण रुपमा सकिएपछि हिसाब किताब पारदर्शी रुपमा देखाउने समेत उनीहरुको भनाई छ । काभ्रेमा घर बनाएपछि नुवाकोटमा घर बनाउने अभियान यो समुहले सकेको छ । अब, गोरखामा ठूलो लगानीमा भत्किएको उच्च मावीको पूननिर्माण गर्ने तयारी गरिएको संयोजक पोख्रेलको भनाई छ ।

काभ्रेमा घर बनाएपछि यो टोलीले प्रधानमन्त्री सुशिल कोइरालालाई नुमना घर हस्तान्तरण गरेको थियो । प्रधानमन्त्रीले कलाकारको कामको  प्रशंसा गर्दै धन्यावद दिएका थिए । यसबाट आफूहरुलाई झनै हौसाल मिलेको र देश तथा विदेशबाट पनि विभिन्न तबरले सहयोग मिलेको ‘हामी सबैका लागि’ अभियानका कलाकारहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment