Comments Add Comment

राहत सामाग्रीमा थप एक साता भन्सार छुट

१४ जेठ, काठमाडौं । सरकारले भूकम्प पीडितको राहतका लागि विदेशबाट आएका सामाग्रीमा थप एक साता भन्सार छुट दिने गरी म्याद बढाएको छ ।
Rahat
भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाका अनुसार जेठ २० गतेसम्म राहतका लागि पठाइएका सामाग्रीहरुको जाँचपास गर्न डेक्स खुला रहनेछ ।

यसअघि जेठ १२ गतेसम्म मात्र जाँचपास गर्ने परिपत्र अनुसार म्याद सकिएपछि बुधवार दिनभरि कसैले पनि राहत सामाग्री बुझेर लैजान पाएका थिएनन् ।

करोडौंका राहत सामाग्री कार्गो भवन बाहिर बेवारिसे भएपछि तत्काल प्रक्रिया पूरा गरेर सामाग्री जाँचपास गरी सम्बन्धित क्षेत्रमा पठाउने निर्णय भएको हो ।

ढुंगानाले अनलाइनखबरमा बुधवार प्रकाशित समाचारले भन्सारका कर्मचारीलाई दुखित बनाएको भन्दै कर्मचारीले सरकारको निर्णय अनुसार मात्रै काम गरेको बताए ।

आएका राहत सामाग्रीहरु सहज र छिटो प्रक्रियाबाट पीडितसम्म पुग्ने वातावरण बनाउन ढुंगानाले सबैलाई आग्रह गरेका छन् ।

मापदण्ड अनुसारका खाद्यान्न, त्रिपाल, कम्बल, औषधी लगायतका राहत सामाग्री भन्सार छुटमा निकाल्ने व्यवस्था सरकारले गरेको थियो । यही व्यवस्थाको फाइदा लिँदै केही कालाबजारियाले व्यापारिक प्रयोजनका सामान जाँचपास गरेर लिएपछि सरकारसचेत भएको छ ।

भूकम्पपीडितका लागि विदेशबाट आएका राहत सामाग्री विमानस्थलबाट कार्गो गोदामसम्म ल्याउन नेपाल एयरलाइन्सले एक साता भन्दा बढी लगाउँदा पीडितसम्म पठाउन संकट परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment