Comments Add Comment

पुरानै मूल्यमा जस्तापाता बिक्री गर्न व्यवसायी सहमत, मूल्य साइटमा राख्नुपर्ने

IRD-and-Jastapata-Udyogi
१४ जेठ, काठमाडौं । घर छाउने जस्तापाता (टिन) पुरानै मूल्यमा बिक्री गर्न उद्योगीहरु सहमत भएका छन् । उनीहरु वैशाख ११ अगाडिको मूल्य सर्वसाधारणले थाहा पाउने गरी आफ्नो वेभसाइटमा राखेर जस्तापाता बिक्री गर्न तयार भएका छन् ।

आन्तरिक राजश्व विभागमा उद्योग विभाग, गुणस्तर तथा नापतौल विभागका अधिकारीसँग भएको बैठकमा जस्तापाता उत्पादकले यस्तो सहमति गरेका हुन् । नेपालमा हुलास स्टिल, भगवती स्टिल, राजेश मेटल क्राफ्ट र आरती स्टिल्सले जस्तापाता उत्पादन गर्दै आएका छन् ।

उद्योगीले डिलर एवं वितरकलाई समेत तोकिएको मूल्यमा नबढ्ने गरी बिक्री बितरण गर्न सचेत गराउने भएका छन् । डिलर तथा वितरकले बिक्री बिजक जारी गर्दा बिक्री भएको बस्तुको मोटाई, वजन लगायतका सबै विवरण खुलाउनुपर्ने, जस्तापाता अस्वभाविक खरिद गर्न व्यक्ति आएमा पूर्ण विवरण लिएरमात्र बिक्री गर्नेपर्ने भएको छ ।

सहमति भएका कुरा पालना भए नभएको अनुगमन गरी त्यस्तो नपाइएमा आवश्यक कारवाही गर्ने भनी हुलासका दिवाकर गोल्छा, भगवतीका शशिकान्त अग्रवाल, राजेशका राजेशकुमार अग्रवाल र आरतीका दिव्यराज सापकोटासँग सहमती भएको विभागले जनाएको छ ।

विनाशकारी भूकम्पले लाखौं घरहरु भत्किएपछि पीडित परिवारलाई अस्थाई राहत दिन नेपाल सरकारले जस्तापाता खरिदका लागि प्रतिपरिवार १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

संकटको अवस्थामा व्यावसायीले आफ्नो पेशागत मूल्य मान्यता एवं व्यावसायिक सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्न र सरकार, उपभोक्ता एवं नागरिक समक्ष आफ्नो विश्वास अभिबृद्धि गर्न विभागका महानिर्देशक चुडामणि शर्माले आग्रह गरेका छन् ।

यदि कसैले सरकारको नीति निर्देशन एवं कानून विपरित काम गरेमा कडा कारबाही गर्ने महानिर्देशक शर्माले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

फेरिएकी बर्षा

Advertisment