Comments Add Comment

भुकम्पछि सुरु भयो ‘भाग् सानी भाग्’, निर्माताको घरमै लगाइयो सेट

BAGH SANI BAGH (1)
भुकम्प गएपछि रोकिएको चलचित्र ‘भाग् सानी भाग्’को छायांकन सुरु गरिएको छ । निर्माता चेतन सापकोटाले अनलाइनखबरसँग कुरा गर्दै चलचित्रको बाँकी रहेको छायांकन सुरु गरिएको बताए । करिब ९० प्रतिशत छायांकनपछि यसको काम रोकिएको थियो ।

भुकम्पका कारण सबै प्राविधीक र टिम बाँडिएकाले १० प्रतिशत काम गर्न केही समय लाग्ने उनको भनाई छ । नवल नेपालको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा सविन श्रेष्ठ र केकी अधिकारी मुख्य भूमिकामा छन् ।

एक यूवतीको कथामा तयार भैरहेको यो चलचित्रको अधिकांश दृश्य चितवनमा खिचिएको छ । निर्माता तथा संगीतकार सापकोटाले भने-‘काठमाण्डौका सबैजसो छायांकन स्टूडियो भूकम्पका कारण प्रभावित छन् ।

जसका कारण अहिले आफ्नै घरमा सेट लगाएर काम सुरु गरेको छु ।’ उनले गीतको छायांकन भने केही समयपछि गर्ने बताए । आज सेटमा नायक, नायिका र कलाकार लय संग्रौला रहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment