Comments Add Comment

‘म स्टार होइन, सफल व्यक्ति’ : प्रियंका चोपडा

priyanka-chopra
बलिउडकी सफल नायिका प्रियंका चोपडाको चर्चा आज विश्वमै छ । विश्व सुन्दरी, बलिउड नायिका हुँदै गायिकासम्म हुँदा उनले खुबै चर्चा पाएकी छिन् । उनलाई आज बलिउडको सफल स्टार मानिन्छ । तर, प्रियंका स्वयंम भने आफूलाई स्टार मान्न तयार छैनन् । उनी भन्छिन्-‘म स्टार नभई एक सफल व्यक्तिको रुपमा आफूलाई चित्रित गर्दछु ।’

उनले आफूले राम्रो काम गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्न चाहेको बताइन् । प्रियंकाले भनिन्-‘यहाँ शिर्ष स्थानमा कोही पनि हुँदैन । हरेक शुक्रबार यो शिर्ष स्थान पनि बदलिन्छ । हरेक चलचित्रले कलाकारको स्थिती बदलिदिन्छ । म मान्छु कि म शिर्ष ५ मध्ये एक हुँ ।’

प्रियंकाले अगाडि थपिन्-‘यहाँ सन्तुष्टीको कुनै भाव नै छैन । यदि भयो भने म यो क्षेत्र नै छाडिदिन्छु । मलाई लाग्दैन कि म सन्तुष्ट छु । म आफूलाई स्टार वा कुनै सितारा मान्दिन, म एक सफल व्यक्ति हुँ ।’
प्रियंकाले आफूले गर्ने हरेक काममा उच्च स्थान पाउन चाहेको बताइन् ।

‘विश्व सुन्दरी बन्नु, नायिका बन्नु र गायिका बन्नु आफ्नो जीवनका ३ उपलब्धी भएको यी सुन्दरीको भनाई छ । बलिउडमा प्रवेश गरेको १३ बर्ष भएको उपलक्ष्यममा नायिका चोपडाले आफ्नो मनेका कुरा खोलेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment