Comments Add Comment

राहत लिएर भारतबाट नेपाल आइन् विपना

bipana-thapa
नेपाली चलचित्रमा कुनै बेला खुबै चर्चा कमाएकी नायिका विपना थापा अहिले भारतमा छिन् । बिहे गरेपछि भारतको मथुरामा बस्दै आएकी विपना भुकम्पपछि नेपाल आएकी छिन् । उनले आफ्नो माइती देशमा राहत सामाग्री लिएर आएको जानकारी दिएकी छिन् ।

मंगलबार उनी राहत सामाग्री लिएर नेपाल आएकी हुन् । उनले वुधबार राहत वितरण पनि गरेकी छिन् । जाडो महिनालाई समेत ख्याल गरेर विपनाले १ हजार ५० वटा सिरक डस्ना समेत ल्याएको बताएकी छिन् । उनले आफूले २ सय लिटर तेल, ५ क्विन्टल चामल, ५ सय किलो दाल, नुन, चिनी, साबुन, बालबालिकाका लागि खाजा लिएर नेपाल आएको बताइन् ।

आफ्नो माइती गाउँ समेत रहेको काठमाण्डौको स्यूचटारमा उनले राहत वितरण गरेकी छिन् । उनले बिहिबार काभ्रेको बालुवापाटीमा ध्वस्त भएका घरमा राहत बाँडेकी छिन् । विपनाले आफ्नो माइती देश दुखमा पर्दा चुप लागेर बस्न नसकेको बताइन् ।

वि.सं २०६३ सालमा बिहे गरेपछि बिपना चलचित्र क्षेत्रबाट टाढा जस्तै छिन् । उनले अभिनय गरेका दर्जनौ चलचित्र हिट छन् ।

तस्बिर : विश्वमणी सुवेदीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment