Comments Add Comment

राष्ट्रपतिले आज साँझ भिडियो सन्देश दिने

१४ जेठ, काठमाडौं । राष्ट्रपति डा रामवरण यादवले मुलुकमा प्राकृतिक विपत्तिपछिको अवस्था र गणतन्त्र दिवसका अवसरमा आज साँझ भिडियो सन्देश दिने भएका छन् ।

Rambaran-Yadav,-President-oविगतका गणतन्त्र दिवस जेठ १५ मा लिखित वक्तव्यबाट सन्देश दिँदै आएका राष्ट्रपतिले यस पटक भिडियो सन्देश दिन लागेको उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए । भिडियो सन्देश साँझ ७ बजे शीतल निवासबाट दिइनेछ ।

भूकम्पका कारण भएको क्षतिका बारेमा केही दिनयता राष्ट्रपतिले स्थलगत अवलोकन गर्दै आएका छन् ।

मुलुकमा प्राकृतिक विपत्ति परेको र सरकारले मितव्ययिता अपनाउने निर्णय गरेकाले दिवसका अवसरमा विगतमा झैँ यस पटक शुक्रबार चियापानलगायत कार्यक्रम हुने छैनन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment