Comments Add Comment

एमाओवादी नेता पौडेलको प्रस्तावः ओली प्रधानमन्त्री, प्रचण्ड राष्ट्रपति !

१४ जेठ, काठमाडौं । एमाओवादी नेता देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र एमाओवादी अध्यक्ष प्रचण्डलाई राष्ट्रपति बनाउने प्रस्ताव अघि सारेका छन् ।

छलफलका लागि भन्दै पौडेलले सामाजिक संञ्जाल फेसबुकमार्फत सहमतीय सरकार गठनको प्रस्ताव अघि सारेका हुन् । नेता पौडेलको प्रस्तावमा सर्वपक्षीय सरकारको नेतृत्व केपी ओली र राष्ट्रपति प्रचण्डलाई बनाउने उल्लेख छ ।

यस्तै वर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई सुपि्रम राजनीतिक ब्यूरोको नेतृत्व दिने प्रस्ताव छ । जसमा पूर्व प्रधानमन्त्रीहरु रहनेछन् ।

एमाओवादी वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई उच्चस्तरीय पुनःनिर्माण प्राधिकरणको नेतृत्व दिने पौडेलको प्रस्ताव छ ।

अन्तराष्ट्रिय सहयोग केन्द्रीकरण तथा व्यवस्थापन संयन्त्रमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, मोहन बैद्य र विजयकुमार गच्छदार रहने उनको प्रस्ताव छ ।

पौडेलले भनेका छन्- ‘यो प्रक्रिया सुरु गरेपछि हालको राजनीतिक नेतृत्वले आउँदो ६ महिनाभित्र संविधान घोषणा गर्नेछ ।’ त्यसपछि यो नेतृत्व उच्चस्तरीय निर्देशक समितिमा परिर्वतन हुने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने पौडेलले बताए ।

एमाओवादी नेता पौडेेलले अब मुलुकमा तीन बटा पार्टी मात्र राख्ने प्रस्ताव गरेका छन् । उनले भने-पहिलो वामपन्थीहरुको एउटै केन्द्र नेपाल कम्युनिष्ट पार्टी, दोस्रो नेपाली कांग्रेस र तेस्रो राजावादीहरुको पार्टी ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment