Comments Add Comment

निगमको महाप्रबन्धकमा कंसाकार, गौतम क्यानको महानिर्देशक

Sugatratna-Kansakar१४ जेठ, काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा सुगतरत्न कंसाकारलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको विहीबारको बैठकले कंसाकारलाई निगमको महाप्रबन्धकमा नियुक्त गरेको हो । कंसाकार यसअघि पनि निगमको महाप्रबन्धक भएका थिए ।

तर, विमान खरिद भ्रष्टाचार प्रकरणमा अख्तियारले मुद्दा चलाएपछि उनी निलम्बित भएका थिए । उनले पछि विशेष अदालतबाट सफाइ पाएका थिए ।

क्यानको महानिर्देशकमा गौतम

यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा संजीव गौतमलाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले यसपाली गणतन्त्र दिवस नमनाउने राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा दिलिप रेग्मीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment