Comments Add Comment

यसपालि गणतन्त्र दिवस नमनाइने

jana aandolan  2062-063 (12)

१४ जेठ, काठमाडौं । सरकारले यसपाली गणतन्त्र दिवस नमनाउने भएको छ । विनाशकारी भूकम्पले देशमा ठूलो जनधनको क्षति भएकाले गणतन्त्र दिवस नमाउने निर्णय गरेको हो ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले गणतन्त्र दिवसका औपचारिक तथा अनौपचारिक कार्यक्रम यस वर्ष नगर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले राजतन्त्रको विधिवत अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो ।

देशमा गणतन्त्र स्थापनापछि प्रत्येक वर्ष राष्ट्रपति डा. रामवरण यादवले आयोजना गर्दै आएको स्वागत तथा जलपान समारोह पनि यस वर्ष नहुने भएको छ ।

सरकारले हरेक वर्ष जेठ १५ का दिन स्थानीय सैनिक मञ्चमा राष्ट्रपतिको उपस्थितिमा गणतन्त्र दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाउँदै आएकामा यस वर्ष उक्त कार्यक्रम हुने छैन । उक्त दिन देशका सबै जिल्ला प्रशासन कार्यालय र विदेशस्थित मुलुकका कूटनीतिक निकायमा समेत गणतन्त्र दिवसका कार्यक्रम प्रभावित हुने भएका छन् ।

विहीबारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा दिलीप रेग्मी, नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा सुगतरत्न कंसाकार र नेपाल नागरिक उड्डेयन प्राधिकरणको महानिर्देशक पदमा संजीव गौतम र  नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment