Comments Add Comment

भूकम्पपछि नेप्से : पहिलोपटक चार अंकले बढ्यो

१४ जेठ, काठमाडौं । बिनासकारी भूकम्पछि बिहीबार पहिलोपटक नेप्से बढेको छ । बिहीबार ४.१३ अंकले बढेर नेप्से परिसूचक ८ सय ४१.९६ अंकमा पुगेको छ । आइतबारदेखि बुधबारसम्ममा नेप्से १०० अंकले घटेको थियो ।

भूकम्पका कारण एक महिना अवरुद्ध भएर आइतबारदेखि सेयर कारोबार सुचारु भएको थियो । बजार खुलेकै दिन अर्थात आइतबार २८ अंकले, सोमबार २९ अंकले, मंगलबार २० अंकले र बुधबार २२ अंकले घटेको थियो ।

nepse-2072-2-14सूचक घटेपनि कारोबार रकम, कारोबार गर्ने कम्पनी र सेयर संख्या भने बढेको थियो । आइतबार ३५ कम्पनीको कारोबार भएकोमा बुधबार ६९ कम्पनीको कारोबार भएको थियो । बिहीबार नेप्सेमा ७६ कम्पनीको सेयर कारोबार भएको छ ।

बिहीबार ७६ कम्पनीका ४ लाख १७ हजार कित्ता सेयर १७ करोड ९६ लाख रुपैयाामा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बिहीबार दिन वाणिज्य बैंक समूहको सूचक ६.४४ अंकले बढेको छ भने यो समूहको मात्रै १० करोड ८१ लाख रुपैयााको कारोबार भएको छ । त्यसैगरी, जलविद्युत समूहको सूचक ५.१८ अंकले, अन्य समूहको सूचक ११.७८ अंकले बढेको छ ।

बीमा समूहको सूचक ८.२३ अंकले, विकास बैंक समूहको सूचक ५.१८ अंकले र वित्त कम्पनी समूहको सूचक १.१४ अंकले घटेको छ । यो दिन उत्पादनमूलक र व्यापार समूहको सेयर कारोबार भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment