Comments Add Comment

यो झण्डा हल्लाउँदै हिँड्ने बेला हैन : देउवा

Sher-Bahadur-Deuwa

नवराज पथिक

१४ जेठ, रामेछाप । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अहिले झण्डा बोकेर हिँड्ने समय नभएको  बताएका छन् । देश भयानक विपत्तिमा परेकाले अहिले सबै मिलेर यसको सामना गर्नु पर्न देउवाले बताए ।

विहीबार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा देउवाले भने ,  ‘यो उत्ताउलो भएर झण्डा हल्लाउँदै हिँड्ने बेला हैन । देश संकटमा परेको छ । जनताहरु आपतमा छन् । यस्तो बेलामा सबै क्षेत्र सेवामा लाग्नु पर्छ ।’

भूकम्प प्रभावितको अवस्थाबारे बुझ्न उनी रामेछाप आएका हुन् । अस्थायी आवास, खाद्यान्न, स्वास्थ्य सेवा र विद्यालय सञ्चालन अहिलेको पहिलो आवश्यकता भएको उनले बताए ।

एकद्वार प्रणालीका कारण राहत वितरणमा समस्या आएकाले त्यसलाई हटाइएको देउवाले स्पष्ट पारे । पीडित समक्ष छिटो राहत पुगोस् भनेर एकद्वार प्रणाली हटाइएको उनको भनाइ थियो ।

अहिलेको वितरण प्रक्रियामा समेत समस्या भए त्यसलाई सच्याउन सकिने देउवाले स्पष्ट पारे । ‘सबै काम राम्रोको लागि गरिएको हो, नराम्रो भयो भने त्यसलाई हटाउन सकिन्छ,’ उनले भने ।

कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले रामेछापमा जिल्ला दैवीप्रकोप उद्धार समिति मार्फत भएको कामबारे जानकारी गराएका थिए ।

जिल्लामा कृषि, स्वास्थ्य, आवास, शिक्षा, भौतिकपूर्वाधार निर्माण, संरक्षण लगायतका क्लस्टर निर्माण गरी तिनै क्लस्टर मार्फत काम भइरहेको मरासिनीले बताए । रामेछाप जिल्लामा हालसम्म ५४ हजार थान त्रिपाल वितरण भएको दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment