Comments Add Comment

४० लाखको टेन्ट वितरण गर्दै ‘आशाको ज्योती नेपाल’

press meet (6)

देशका विभिन्न भूभागमा वैशाख १२ गतेपछि २४ लाख बराबरको सामाग्री वितरण गरिसकेको ‘आशाको ज्योती नेपाल’ नामक संस्थाले जानकारी दिएको छ । निर्देशक तथा कलाकार आकाश अधिकारी अध्यक्ष रहेको यो संस्थाको तर्फबाट आज पत्रकार सम्मेलनको आयोजना गर्दै यो कुराको जानकारी गराइएको हो ।

वि.सं २०६८ सालमा स्थापित यो संस्थाले वैशाख १२ गते आएको भुकम्पपछि ललितपुरको खोकना, काभे्रपलाञ्चोकको देउपुर, धादिङको तर्सपु र थाक्रे, लमजुङको वेशिसहर नगरपालिका १४ र बाग्लुङपानी गाविस, सिन्धुपाल्चोकको जरायटार गाविस र काठमाण्डुको रामकोटमा राहत सामाग्री वितरण गरिसकेको छ ।

यो संस्थाले हालसम्म २१ हजार किलो चामल, ५ सय किलो दाल, ५ सय ६० थान त्रिपाल, डेढ सय मिटर म्याटे्रक्स, १ सय ५० थान गुन्द्री, १० बोरा आयोडिनयुक्त नुन वितरण गरिसकेको छ ।

अब, करिब १ सय २२ थान टेन्ट, २ सय थान ब्ल्याङ्केट, ३ सय थान प्लाष्टिक प्याड वितरण गर्ने तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यो राहत सामाग्रीलाई एक समिती गठन गरी वितरण गर्ने तयारी गरिएको छ । यी सामाग्रीहरु चाइनाको पोस्सिबल फिल्म प्रोडक्शनबाट द स्काइ मुभिज प्रालीको पहलमा नेपाल भित्राइएको छ ।

रेखाको पत्रकारलाई सहयोग
‘आशाको ज्योती नेपाल’ नामक संस्थाको पत्रकार सम्मेलन लगतै नायिका रेखा थापाले स्थापना गरेको ‘रेखा थापा फाउन्डेशन’को तर्फबाट भुकम्पबाट प्रभावित ३ जना चलचित्र पत्रकारहरुलाई प्रती व्यक्ति ३० हजार सहयोग गरिएको थियो । रेखा अमेरिका रहेकाले फाउन्डेशनका महासचिव सविर श्रेष्ठले पत्रकारहरु विजयरत्न तुलाधर, कुवेर गिरी र शारदा थापालाई सहयोग नगद हस्तान्तरण गरे । यसअघि पत्रकार डीवी शाहलाई पनि ३० हजार नगद सहयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment