Comments Add Comment

क्रिकेट विकास बोर्ड गठन गर्न प्रस्ताव

१४ जेठ, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले क्रिकेट विकास बोर्ड गठन गर्न प्रस्ताव गरेका छन् ।

yubraj-lamaराखेपद्वारा विहीबार आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव लामाले नेपाल क्रिकेट सङ्घ (क्यान)मा भइरहेको विवाद समाधानको साथै क्रिकेट खेलको विकास र विस्तारका लागि पनि क्रिकेट विकास बोर्ड गठन गर्नुपर्ने भनाइ राखेका हुन् ।

उनले सरकारको मातहतमा गठन गरिने उक्त बोर्ड ‘नेपाल क्रिकेट विकास बोर्ड’ नामकरण गरिने प्रस्ताव राखिने जानकारी गराए । उक्त बोर्डमा २४ जना सदस्य नियुक्त गरिनेछ ।

उनले उक्त प्रस्तावमा कानुनी समस्या नभएको बताउँदै प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएमा क्रिकेट खेल र खेलाडीको समस्या पूर्णरुपमा समाधान हुने विचार व्यक्त गरे ।

त्यस्तै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले यस प्रस्तावले क्रिकेट खेल र खेलाडीको विकास हुने विश्वास व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment