Comments Add Comment

परिसंघ र ह्याबिट्याटले एक लाख घर बनाउने अभियान सुरु गर्दै

CNI

१४ जेठ, काठमाडौं । नेपाल उद्योग परिसंघ र ह्याविट्याट फर ह्युमानिटीले घरबार बीहिन पीडित परिवारलाई एक लाख घर निर्माण गर्ने अभियान सुरु गर्ने भएका छन् । ‘नेपाल पुननिर्माण; भूकम्प विपद व्यवस्थापन परियोजना’ अन्तर्गत जीमी रोसलीन कार्टर कार्ययोजनासँग मिलेर उक्त अभियान चलाउन दुर्इ पक्ष सहमत भएका हुन् ।

यस विषयमा परिसंघ र ह्याविट्याट फर ह्युमानिटीबीच बिहीबार राजधानीमा सहमति भएको हो । भूकम्पबाट ५ लाखभन्दा बढी घरहरु क्षतिग्रस्त भएको हुँदा यसको पुननिर्माण आवश्यक रहेको महशुस गरी यस्तो सम्झौता गरेको दुबै पक्षले बताएका छन् ।

यस योजनाअन्तर्गत पहिलो चरणमा विनासकारी भूकम्पबाट विस्थापित भएकामध्ये २० हजार परिवारलाई अस्थायी बसोबास निर्माण तथा पुरानो घर पुर्नस्थापना गर्नेतर्फ केन्द्रीत हुने बताइएको छ ।

परिसंघ र ह्याविट्याटमार्फत निर्माण गरिने एक लाख घरको अभियान सन् २०१६ भित्रमा सम्पन्न गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । अभियानअन्तर्गत निर्माण गरिने घरमा स्थानिय वस्तुको प्रयोगमा जोड दिइने बताइएको छ । थोरै मूल्यमा घर निर्माण गरिने छ ।

अमिरिकी पूर्व राष्ट्रपति जिमी कार्टर र उनकी श्रीमती रोसलीन कार्टरबाट समेत प्रस्तावित एक लाख घर निर्माणको अभियान आगामी नोभेम्बर महिनादेखि पोखराबाट सुरु गर्ने बताइएको छ । यसले विश्व समुदायको नेपालप्रतिको ध्यान आकर्षण गर्न थप सहयोग पुग्ने विश्वास परिसंघले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment