Comments Add Comment

ब्लाटरले फिफा अध्यक्षबाट राजीनामा दिन मानेनन्

Sepp-Blatter

१४ जेठ, काठमाडौं । अन्तराष्ट्रिय फुटबलको नियमनकारी निकाय फिफाका अध्यक्ष सेप ब्लाटरले राजीनामा दिन अस्वीकार गरेका छन् ।

भ्रष्टाचारको आरोपमा फिफाका सात उच्च अधिकारी पक्राउ परेपछि बोलाएको आपतकालीन बैठकमा युरोपेली फुटबल संघ यूइएफएका प्रमुख मिचेल प्लाटिनीले फिफा अध्यक्ष ब्लाटरको राजीनामा माग गरेका थिए ।

तर, ब्लाटरले अस्वीकार गरेका छन् । ब्लाटर पाँचौ पटक अध्यक्ष बन्ने प्रयासमा छन् ।

फिफाको नयाँ अध्यक्ष चयनका लागि शुक्रबार चुनाव गर्ने पूर्व निर्धारित कार्यक्रम छ । तर, यो चुनाव सार्न ब्लाटरमाथि दबाव बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment