Comments Add Comment

दालभात वेचेर २ घन्टामा ८ लाख जुटाए डेनमार्कवासी नेपालीहरुले

helpnepal1

डेनमार्क । भुकम्प पीडितलाई राहात संकलनको नाममा विदेशमा सडकमा भीख मागे सरह कार्यक्रम भएका समाचार र टिकाटिप्पणी आईरहेका वेला डेनमार्क वासी नेपालीहरुले राहात संकलनको एक उदाहरिण तरिका पेश गरेका छन ।

केही नेपाली तथा डेनिस स्वयँसेवीहरुले भर्खरै दर्ता गरेको सँस्था हेल्पनेपाल डट एन युले मे २६ आयोजना गरेको डिनर साँझमा ९ सय भन्दा वढिले ५० क्रोनरमा नेपाली दाल भात तरकारी तथा अचारको मजा लिएका थिए । कोपनहेगनमा   आप्रवासीहरुको अखडा भनेर चिनिने नोरेब्रोको कोर्सगल हलमा साँझ ५:३० देखि ८:३० सम्म चलेको उक्त डिनर साँझमा खर्च कटाएर ५२ हजार डेनिस क्रोनर वचेको थियो । कच्चा पदार्थहरु पनि विभिन्न स्टोर तथा वितरकहरुबाट निशुल्क प्राप्त भएको ले बजारभाउ भन्दा आधा सस्तोमा खाना खुवाउन सकिएको कुरा संस्थामा सक्रिय स्वयंसेवी कृष्ण अधिकारीले जानकारी दिए ।

वैशाख १२ को विनाशकारी भुकम्पले घरवार विहिन वनाएका नेपालीहरुको वासको व्यवस्था गर्न सो रकम नेपाल पठाईने कुरा अभियान कर्ताहरुले वताएका छन ।

२/४ सय जनाको लक्ष्य राखेर केही नेपाली तथा डेनिस सेफहरुले फेसवुकमा ईभेन्ट पेज वनाएर आयोजना गरेको सो कार्यक्रमको ईभेन्ट पेजमा ३५०० भन्दा वढिले कार्यक्रममा जान रुची देखाएपछि आयोजकहरु हौशिएको खाना तयारीमा प्रमुख भूमिका निर्वाह नीर्वाह गर्नु भएका नारायण नगरकोटीले बताए ।

सवै नेपाली स्वयंसेवीहरुले एकै ठाँउमा मिलेर काम गरेकैले छोटो समयमा पनि यति ठूलो र प्रभावकारी कार्यक्रम सफल गर्न सकिएको कुरा स्वयंसेवक पंकज चन्दले बताए ।

नेपाली मौलिक परिकार को स्वाद चखाउदै प्रकोप पिडीतहरुको लागि सहायता जुटाउने डेनमार्कवासी नेपालीहरुको यो पहल उदाहरणिय र सर्हानिय छ । राहात संकलनको यो शैलीले नेपालीको न त स्वाभिमान नै गिराउछ न त भिखारीको विल्लानै भिराउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment