Comments Add Comment

एसएसपीलाई गोली हान्नेलाई माफी सिफारिस

१५ जेठ, काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सरकारले माफी दिन सिफारिस गरेकाको सूचीमा तत्कालीन एसएसपी रणबहादुर चन्दलाई गोली हान्ने उनका अंगरक्षक करणसिंह साउद पनि परेका छन्।

चन्द महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख हुँदा उनलाई साउदले घरमै गोली प्रहार गरी ज्यान लिने प्रयास गरेका थिए। काठमाडौं जिल्ला अदालतले २०६८ चैत २१ गते साउदविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्षको कैद सजाय सुनाएको थियो।

गृह मन्त्रालयले धेरैजसो चोरी, डाँका, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, नकवजनी, चोरी र सवारी ज्यान मुद्दाका कैदीलाई बाँकी सजाय माफी दिन सिफारिस गरेको छ। सिफारिसमा परेका सूचीमा परिवर्तित नाम राखेर पनि पठाइएको अन्नपूर्ण पोस्टमा छ।

प्रहरी सहायक निरीक्षक बोधप्रसाद यादव वादी रहेको कर्तव्य ज्यान मुद्दाका कैदीको नाम बारा ठेगाना उल्लेख गरेर आरे र एमएमके उल्लेख गरिएको छ। माफी पाउनेमा चारजना भारतीय नागरिक पनि परेका छन्।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले ७० वर्ष उमेर काटेका र तोकिएको सजायको ५० प्रतिशत भुक्तान गरिसकेका पाँच सय ४१ जनालाई बाँकी कैद अवधि मिनाहा गर्न राष्ट्रपति रामवरण यादवसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले बलात्कारपछि हत्या गरिएकी ६ वर्षीया बालिका पूजा साहको परिवारलाई राहतस्वरूप ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

सरकारले भूकम्पपछि ध्वस्त संरचना निर्माणमा सहयोग जुटाउन असार १० गते दाता सम्मेलन गर्ने निर्णय गर्दै अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा तयारी समिति गठन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment