Comments Add Comment

भूकम्पबाट विस्थापितलाई राजधानीमा बस्न रोक

१५ जेठ, काठमाडौं । सरकारले भूकम्प र पहिरोबाट विस्थापितलाई अर्को जिल्लामा गएर बसोबास गर्न रोक लगाएको छ । सहरी क्षेत्रमा गएर सार्वजनिक जग्गा कब्जा गरेर बस्ने प्रवृत्ति बढ्दै गएको भन्दै सरकारले अन्य जिल्लामा बसोबासका लागि रोक लगाएको हो ।
Thali Shibir (28)
आसपासका भूकम्प प्रभावित जिल्लाबाट आएर उपत्यकाका खाली स्थान कब्जा गरी बस्नेको संख्या बढ्न थालेपछि गृह मन्त्रालयले पीडितहरुलाई अर्को जिल्लामा बसोबासमा रोक लगाउने निर्णय गरेको नयाँ पत्रिकामा खबर छ ।

उपत्यकामा बाहिरी जिल्लाबाट आएका तीन हजार पाँच सय भूकम्पबाट विस्थापित सार्वजनिक जग्गामा पाल टाँगेर बसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपत्यकामा आउनेको संख्या दैनिक बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment