Comments Add Comment

कोरियामा रहेका इलामेको सहयोग दोलखाबासीलार्इ

Koreya

सउल । कोरियामा रहेका इलामेहरूले सङ्कलन गरेको रकमले दोलखमा राहत वितरण गरेका छन् । इलाम सूर्योदय सेवा समाज दक्षिण कोरियाले भूकम्प पीडितका लागि संकलन गरेको राहत बुधबार दोलखामा वितरण गरिएको छ ।

भुकम्पप्रभावित जिल्ला दोलखाको नाम्दु गाविसमा रहेका भीरमुनी, तल्लो गाउँ , दहालटार, जुगेपानी गाउँ लगायतका दुई सय भन्दा बढी परिवारलार्इ राहत वितरण गरिएको समाजका अध्यक्षा हरि खनालले बताए ।

भूकम्प पीडितहरूलार्इ चामल, तेल, साबुन, र नुन सहितको राहत सामग्री वितरण गरिएको थियो ।

पत्रकार गोविन्द लामिछाने तथा विशेष स्कुल तथा पुनस्थापना केन्द्रकी सविता उप्रेतिले प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment