Comments Add Comment

कुकुरको मृत्युलाई ५ सयलाई मृत्यु भोज, कपाल मुण्डन

gog-bhojमान्छेको मृत्य हुँदा पितृ प्रसाद ग्रहणका लागि पुण्य तिथीका अवसरमा पितृभोजको आयोजना गर्ने चलन त रहेकै हो । तर हुँदाहुँदा कुकुर मर्दा समेत सयौँ मानिसलाई बोलाएर मृत्यु भोजको आयोजना गरिएको छ ।

आफ्नो घरमा पालिरहेको जर्मन शेपर्ड जातको प्यारो कुकुर मरेसँगै एउटा परिवारले भव्य मृत्युभोजको आयोजना गरेको छ ।

भारतको इन्दौरमा क्याटरिङ व्यवसाय गर्ने एक परिवारले आफ्नो परिवारको सदस्यलाई जस्तै माया गर्ने कुकुर पिकी मरेपछि हिन्दु विधिविधान सहित उसको अन्तिम संस्कार मात्र गरेनन् झण्डै ५ सय आफन्तलाई निम्ता गरेर मृत्युभोजको समेत आयोजना गरे ।

रुक्मिणी नगरका पप्पु चौहानको १२ महिनाको कुकुर पिकीको मृत्यु भएपछि परिवारमा शोक छायो । मानिसको मृत्यु हुँदाजस्तै सारा विधि पूराएर अन्त्येष्टि गरियो । अनि १२ औँ दिनको पुण्य तिथीमा मृत कुकुरको आत्माको स्वर्गमा बास होस् भनि भव्य मृत्युभोजको आयोजना गरियो ।

चौहानका अनुसार पिकी उनको परिवारको छोरी जस्तै प्यारो थियो । ७ महिनाअघि माथिल्लो तलाबाट खेल्ने क्रममा खसेपछि पिकीको ढाड भाँचिएर ओछ्यानमा परेको थियो र सात महिनासम्म ओछ्यानमा परेसँगै गएको मे १४ मा उसको मृत्यु भयो ।

पिकीको मृत्युमा चौहानका कान्छा छोरा विवेकले कपाल मुण्डन समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment