Comments Add Comment

विर्यको पहिलो भाग गर्भाधानमा प्रभावकारी

semen

स्खलनका बेला सुरुमा निस्कने विर्य गर्भाधानका लागि सबैभन्दा बढि प्रभावकारी हुने एक अध्ययनले देखाएको छ । स्खलनको सुरुमा निस्कने विर्यमा रहने शुक्रकिटहरु महिलाको अण्डालाई गर्भाधान गराउन तथा भ्रुणको विकाशमा समेत पछि आउने विर्यमा रहने शुक्रकिट भन्दा बढि प्रभावकारी हुने देखिएको हो ।

स्खनको सुरुमा निस्कने विर्यमा शुक्रकिटको संख्या पनि बढि हुने र ती शुक्रकिटहरु गति उच्च हुनुका साथै शुक्रकिटमा हुने डिएनएको गुणस्तर पनि उत्तम हुने शोधकर्ताहरुले बताएका छन् ।

स्पेनको सेभिल्लेस्थित गिनेमेड एसिस्टेड ह्युमन रिप्रोडक्सन क्लिनिककी मारिया हेबेल्स सहितको टोलीको यस्तो अनुसन्धान गरेको हो ।

अहिलेसम्म विर्यस्खलनलाई समग्रमा हेरिँदै आइएको भएपनि स्खलित विर्यका प्रष्ट दुइ चरण हुने भन्दै उनले यी दुइ चरणका विर्यमा हुने सुक्रकिटको संरचना तथा कार्यका कारण प्रजननको सन्दर्भमा पनि फरक फरक भूमिका र क्षमता हुने मारियाको भनाइ छ ।

उनका अनुसार स्खलनको पहिलो उद्धेश्य अण्डालाई गर्भाधान गर्नु हो र दोश्रो भनेको अन्य शुक्रकिटले त्यो अण्डालाई गर्भाधान गर्ने अवसर नपाउन् भन्ने हो ।

त्यसैले विर्यस्खलनमा सुरुवाती अवस्थामा आउने विर्यमा जिंक जस्ता शुक्रकिटलाई सुरक्षा प्रदान गर्ने तत्व हुन्छन् भने त्यसपछि स्खलित हुने विर्यमा शुक्रकिटलाई हानी नोक्सानी पूराउने तत्व हुन्छन् ।

अध्ययनको क्रममा शोधकर्ताहरुले ४० जना पुरुषहरुलाई उनीहरुको विर्य दुइ छुट्टाछुट्टै भाँडोमा जम्मा गर्न लगाएका थिए । ता की सुरुमा निस्कने विर्यर् पहिलो भाँडोमा र पछि निस्किने विर्य अर्को भाँडोमा जम्मा होस् ।
त्यसपछि उनीहरुले पहिलो र दोश्रो चरणको विर्यमा रहेका शुक्रकिटको विशेषता लगायतका विषयमा अध्ययन गरे ।

पहिलो चरणको विर्यमा शुक्रकिटको संख्या बढि रहनुका साथै शुक्रकिट डिएनएको खण्डीकरण पनि कम रहेको पाइयो । सोही कारणले पहिलो चरणको विर्यमा हुने शुक्रकिटको प्रजनन र भ्रुण विकाशमा सकारात्मक प्रभाव रहने निष्कर्ष उनीहरुको छ ।

यद्यपि स्खलनका विर्य खास विर्यभन्दा अगाडि आउने तरल पदार्थ (प्रि सेमिनल फ्लुड)मा भने शुक्रकिट नहुने उनीहरुको भनाइ छ ।यो शोध सिस्टम बायोलोजी इन रिप्रोडक्टिभ मेडिसिन जर्नलमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment