Comments Add Comment

टुँडिखेलमा भूकम्पका स्वरहरु

Tudikhel mainटुँडिखेलस्थित सैनिक मैदानका भूकम्प पीडितका अस्थायी शिविरहरूमा देशका सर्जकहरू भेला भएर सिर्जना सुनाउने भएका छन् । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा अाइतबार दिउँसो साढे २ बजे विशेष कवि गोष्ठी हुन लागेको हो ।

कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेे प्रमुख अतिथि रहने छन् । सो विशेष कवि गोष्ठीमा डेढ दर्जन कविहरुले कविता, मुक्तक, गीत, गजल आदि सुनाउने छन् ।

विशेष कवि गोष्ठी शुरु हुनु अघि अस्थायी टहरामा बस्दै आएका भूकम्प पीडितहरुलाई भेट्ने कार्यक्रम रहेको नेपाल मुक्तक प्रतिष्ठानका महासचिव रमेश पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment