Comments Add Comment

श्रीदेवीदेखि महिमासम्म, यी हुन् बिहे अगाडि नै गर्भवती भएका बलिउड नायिका

बलिउड रंगिन दुनियाँ हो । तर, यो रंगिन दुनियाँ भित्र कैयौ घटनाहरु यस्ता घट्छन्, जसले चर्चा पनि पाउँछ । बलिउडमा नायिकाहरु सर्वाधिक लाइमलाइटमा रहन्छन् । सायद, यही कारणले पनि हुनसक्छ उनीहरुको समाचारले मिडियामा धेरै स्थान पाएको छ ।

बलिउडमा प्रेममा पर्नु, छुट्नु सामान्य जस्तै हो । तर, कैयौ यस्ता घटना पनि घटेका छन् जसले काम गर्ने कलाकारलाई चर्चामा ल्याइदिएको छ । जसमध्ये एक हो, बिहे अघि नै गर्भवती भएका नायिका । यहाँ हामीले केही यस्ता नायिकाको चर्चा गर्दैछौ, जो बिहे अघि नै गर्भवती भएर मिडियामा लाइमलाइट बटुल्न सफल थिए ।konkada-and-ranbir-shori

१. कोंकण सेन शर्मा : कोलकत्ता गर्ल कोंकणा शर्मा बिहे अघि नै गर्भवती भएको खबर आएको थियो । उनले आफ्ना प्रेमी रणवीर शोरीसँग सन् २०१० मा बिहे गरिन् । शादी भए लगतै यो जोडीले आफ्नो बच्चाको बारेमा घोषणा गरेको थियो । हुनत, अहिले यो जोडी अलग भैसकेको छ । तर, यी नायिकाले आफू गर्भवती भएको कुरालाई भने स्विकार गरेकी छैनन् ।anuska-sankar-and-her-husba

२. अनुष्का शंकर : भारतकै चर्चित सितारावादक पण्डित रविशंकरकी छोरी अनुष्का पनि बिहे अगाडी नै गर्भवती भएकी थिइन् । एक अंग्रेजी पत्रिकामा अनुष्काले बच्चा जन्माउनका लागि बिहे गर्नैपर्छ भन्ने नभएको समेत बताएकी थिइन् ।  बेलायती चलचित्रकर्मी जोय राइटसँग उनी डेटमा थिइन् । अनुष्का गर्भवती भएको एक महिनापछि यो जोडीले बिहे गरेको थियो ।amirata-arora-and-husnabd

३. अमृता अरोडा : व्यापारी शकिल लदाकको साथमा डेटमा रहेको समयमा यी नायिका पनि गर्भवती भइन् । अमृता गर्भवती भएको रिपोर्ट आए लगतै यो जोडीले बिहे गरेको थियो ।selina-jetly

४. सेलिना जेट्ली : ‘मिस इन्डिया यूनिभर्स’ समेत रहेकी सेलिना पीटर हगसँग सम्बन्धमा थिइन् । उनीहरुले लामो समयसम्म डेटमा रमाए । दुबइका होटल व्यवसायीसँग सम्बन्धमा रहेपछि सेलिना गर्भवती भइन् । उनीहरुले तुरुन्त बिहे गरेका थिए । सेलिनाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् ।
shreedvi-and-boni
५. श्रीदेवी : बलिउडमा बिहे अगाडि गर्भवती भएको स्विकार गर्ने एक मात्र नायिका हुन्, श्रीदेवी । बोनी कपुरसँग बिहे गर्दा श्रीदेवीको पेटमा ७ महिनाकी छोरी थिइन् । उनकी जेठी छोरी जानवीको जन्म बिहे भएको केही समयमा नै भएको थियो ।
sarika-and-kamal-hasan
६. सारिका : बलिउडमा कुनै समयकी चर्चित र सुन्दर नायिका हुन्, सारिका । सारिका र कमल हसनका प्रेम भयो । सारिकाको लागि कमलले आफ्नो बैबाहिक जीवन नै टुक्राएका थिए । सारिका बिहे अगाडि नै गर्भवती भइन् । बिहे गरेको केही समयमा नै उनीहरुले पहिलो सन्तानलाई जन्म दिए । तर, सारिका र कमल हसनको सम्बन्ध लामो समयसम्म टिकेन, उनीहरुले डिभोर्स गरे ।
veena-malik
७. वीना मलिक : वीना मलिक त्यस्ती कलाकार हुन्, जसले अस्मित पटेलको साथमा दिएको हट दृश्यका कारण ‘बीग बोस’को समय ९ बजेबाट बेलुकी ११ बजे सार्नु परेको थियो । उनै मलिक एक व्यापारीसँग बिहे अगावै गर्भवती भएको खबरले चर्चा पाएको थियो । mahima-chaudhary
८. महिमा चौधरी : सन् २००८ मा महिमाले बबी चौधरीको साथमा सुटुक्क बिहे गरिन् । मिडियामा आएको खबर अनुसार उनी बिहे अघि नै गर्भवती भएकी थिइन् । जसका कारण उनले हतारमा बिहे गरेकी थिइन् ।

पत्रिका डटकमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment