Comments Add Comment

मुआब्जा नीति बनाइने

१५ जेठ, ललितपुर । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सबै मिलेर भूकम्पका भग्नावशेष हटाउने कार्य छिटो गरिनुपर्नेमा जोड दिएका छन ।

ललितपुर उपमहानगरपालिका, हरिसिद्धिका वडा नं २८, २९ र ३० को आज बिहान निरीक्षण गर्दै उहाँले पुस्तौँदेखि बस्दै आएका तर लालपुर्जा नभएका स्थानीयवासीको समस्या समाधानका लागि छलफलबाट उचित निष्कर्ष निकाल्ने आश्वासन दिए ।

स्थानीय विकासमन्त्री सिंहले मुआब्जा सम्बन्धमा छिट्टै नीति ल्याई समाधान गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उक्त वडाका सचिव सानुबाबु सिलवालले हरिसिद्धिमा अस्थायी शिविर निर्माणलगायत अन्य प्रयोजनका लागि तत्काल रु ५० लाख माग गरे ।

उहाँले गोदावरी नगरपालिकाभित्र पर्ने ठैव क्षेत्रको समेत निरीक्षण गर्नुभएको थियो । सो अवसरमा अस्थायी बासस्थानका लागि सरकारले उपलब्ध गराउने भनिएको रु १५ हजार नपुग हुने स्थानीयवासी वीरेन्द्र महर्जनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment