Comments Add Comment

६ महिना छायांकन रोकिए के होला ? चाउचाउ दिएर सेल्फी खिच्नेसँग अध्यक्ष राइको आक्रोश

rajkumar rai
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइले केही दिन अगाडि अनलाइनखबरसँग कुरा गर्दै अब चलचित्र चल्ने वातावरण तयार गर्नुपर्ने बताएका थिए । उनले प्रदर्शन सुरु गरेर यदि जुध्ने अवस्था आएको खण्डमा ६ महिना चलचित्रको इजाजत नै नदिने भनाई राखेका थिए ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा पनि राइले यो कुरा दोहोर्‍याए । उनले ६ महिना चलचित्रको इजाजत रोक्ने हो भने चलचित्रहरु एकसाथ भिड्ने संभावना नरहने बताए । उनले, यो बिषयलाई चलचित्र विकास बोर्डमा लैजान सक्नेमा संकेत गरेका थिए ।

तर, राइको यो भनाईसँगै अहिले विरोधका स्वर सुरु भएका छन् । ६ महिना चलचित्रको इजाजत नै नदिएको खण्डमा यो क्षेत्र कसरी अगाडि बढ्ला भन्ने प्रश्न पनि सोझाइएको छ ।

चलचित्रमा नै निर्भर भएर काम गर्ने चलचित्र प्राविधिकहरुले ६ महिना काम नपाउँदा उनीहरुमा कस्तो अवस्था आउला, यो बिषयमा पनि सोच्नुपर्ने केही चलचित्रकर्मीको भनाई छ । विशेषगरि, चलचित्रको छायांकन रोक्दा सवैभन्दा ठूलो समस्या प्राविधिहरुका आउँछ ।

राइको भनाई सार्वजनिक भएसँगै यो बिषयले चर्को रुप लिएको छ । यसको पक्षमा आवाजहरु ख्ाासै सुनिएका छैनन् । ‘चलचित्रमा काम गरेर खानेहरुकै रोजीरोटी मारेर कसरी ६ महिना चलचित्रको इजाजत रोक्न सकिन्छ ?’ चलचित्र प्राविधिक संघका एक सदस्यले बताए ।

चाउचाउ बाँडेको तस्बिर खिचाएर यो क्षेत्रकै बेइज्जत
अध्यक्ष राइले राहत बाँड्ने नाममा चलचित्र क्षेत्रको नै बेइज्जत गर्ने गरि केही कलाकारले गरेको काममा आक्रोश पोखे । उनले कसैको पनि नाम नलिई चाउचाउ बाँडेको पनि सेल्फी खिचेर फेसबुकमा हाल्ने र मिडियामा समाचारका लागि गुहार गर्नेहरुले यो क्षेत्रको बदनाम गरेको बताए ।

यस्तो काम गरेर राहत नबाँड्न अध्यक्ष राइको आग्रह थियो । उनले आफूले पनि केही ठूला राहतका कार्यक्रममा सहभागीता जनाएको तर तस्बिर खिचेर प्रचार नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment