Comments Add Comment

विश्वकै चर्चित सैलुन पुगेर एडभान्स कोर्ष गर्ने एक्लो नेपाली हुँ: लक्ष्मी ठाकुर

laxmi-thakur
विगत १५ बर्षदेखि आफ्नै सैलुन संचालन गर्दै आएका चर्चित हेयर स्टाइलिस्ट हुन्, लक्ष्मी ठाकुर । सुरुवात मुम्बइबाट गरेपनि अहिले उनले काठमाण्डौको महाराजगञ्ज र कोटेश्वरको भाटभटेनीमा सैलुन चलाउँदै आएका छन् ।

४ बर्ष भन्दा बढी समय मुम्बइमा काम गरेपछि नेपाल आएका लक्ष्मी ठाकुर अहिले सर्वसाधारणविच मात्र होइन, नेपाली चलचित्र र सांगीतिक क्षेत्रका कलाकारमाझ पनि लोकप्रिय छन् । उनीसँग कपाल काट्न आउने नेताहरुको पनि संख्या ठूलो नै छ ।

ठाकुर हालै मात्र भारतको मुम्बइमा पुगेर २ हप्ते ‘एडभान्स हेयर डिजाइनिङ कोर्स’ सिकेर आएका छन् । ‘टोनी एन्ड गाइ’ नामक विश्वकै चर्चित सैलुनमा पुगेर उनले यो कोर्ष गरेका हुन् । ‘टोनी एन्ड गाइ’ नाममा अहिले विश्वका करिब १ सय ३० देशमा ८ हजार यस्ता सैलुन रहेको उनले बताए ।

Laxmee Thakur 2नेपालबाट यो स्थानमा एडभान्स कोर्स गर्न जाने आफू पहिलो भएको ठाकुरको दाबी छ । उनले आफूलाई अपडेट गराउन आवश्यक रहेको बताए । आफू अपडेट भएको खण्डमा मात्र ग्राहकलाई पनि सन्तुष्ट बनाउन सक्ने उनले बताए । कपालको पनि भित्री र बाहिरी भाग हुने उनको भनाई छ । ग्राहकलाई यो बारेमा जानकारी दिएको खण्डमा उनीहरुले घरमै पनि कपालको हेरचाह गर्न सक्ने लक्ष्मीले बताए ।

उनले अब आफ्नो लक्ष्य भनेको एकेडेमी खोल्नु रहेको बताए । आफ्नो एकेडेमीबाट सिकेका विद्यार्थीलाई विश्वकै जुनसुकै स्थानमा गएर काम गर्दा पनि गर्व महशुश होस् भन्ने उनको सोचाई छ ।  अहिले उनले २५ जनालाई रोजगारी दिइरहेका छन् ।

‘लक्ष्मी हेयर एन्ड ब्यूटी सैलुन’मा नेता, कलाकार र गायक-गायिका पनि पुग्छन् । उनको नजरमा कपालको ख्याल गर्न गायक निमा रुम्बा र गायिका इन्दिरा जोशी अगाडि छन् । उनीहरु यो कुरामा धेरै नै सजग भएको उनले बताए । यी बाहेक नायक आर्यन सिग्देल, निरज बराल, नायिका नन्दिता केसी पनि कपालको बिषयमा सजग भएको उनले बताए । उनले राजेश हमालको पनि कपाल काट्दै आएका छन् ।

उनकोमा कपाल काट्नका लागि नेताहरु पनि पुग्छन् । कतिपय नेता त उनले पछि टीभीमा हेर्दा मात्र चिन्दा रहेछन् । उनी भन्छन्-‘आफूले गर्न सक्ने जती गर्नुपर्छ । यसैले म आफूलाई समय-समयमा अपडेट गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment