Comments Add Comment

अमेरिका बस्ने नेपालीको संस्थाले भूकम्प पीडितलाई जस्तापाता राहत दियो

१५ जेठ, काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुको संस्था त्रिशुली रिलिफ फण्डले भूकम्पले घरबारबिहीन भएका १ सय २९ घरधुरीलाई तत्काल अस्थाई बसोबासका लागि एक-एक बण्डल जस्तापाता राहत उपलब्ध गराएको छ ।

बीस वर्षदेखि अमेरिका बस्दै आएका प्रयास बास्तोला र प्रवेस बास्तोलाले अमेरिकामा बसोबास गर्ने साथीहरुसँगको सहकार्यमा राहत संकलन गरी वितरण गरेका हुन ।

Narad-bastolaजस्तापाता नुवाकोटको त्रिशुलीमा एक सय घरपरिवार र नगरकोटको बास्तोला गाउँमा २९ घरपरिवारलाई एक ठाउँमा बोलाई वितरण गरिएको प्रयास बास्तोलाले जानकारी दिए ।

प्रयास र प्रवेस विहे गर्न भनेर नेपाल आएका थिए । हजुरबुवासँग नगरकोट जाँदा हावाहुरीले पाल च्यातेपछि बसोबास कठिन बनेको देखेपछि साथीभाईसँगको सहकार्यमा जस्तापाताको लागि रकम जम्मा गरेका हुन ।

‘पहिले गएर निक्कै कमजोर अवस्था क-कस्को छ भनी विवरण संकलन गर्याै त्यसैको आधारमा नगरकोटमा २९ घरधुरी र त्रिशुलीमा एकसय घरलाई उपलब्ध गराइएको हा ।’ बास्तोलाले भने ।

पीडित घरपरिवार पहिचान गर्न स्थानीय तथा बास्तोला कुलसेवा समिति भक्तपुरका अध्यक्ष हरिबोधन बास्तोलाले सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment