Comments Add Comment

दीर्घकालिन योजनामा ध्यान दिन अर्थविदहरुको सुझाव

१५ जेठ, काठमाडौं । महाभूकम्पका कारणले तहनहस भएको नेपालको अर्थतन्त्रलाई माथि उकास्न सरकारले दीर्घकालिन योजनाहरु ल्याउनु पर्नेमा अर्थविदहरुले जोड दिएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को शुक्रवार राजधानीमा भएको तेस्रो महासभालाई सम्बोधन गर्ने क्रममा अर्थविदहरुले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी पुननिर्माणभन्दा दीर्घकालिन योजनामा ध्यान दिनुपर्ने उल्लेख गरे ।

nafijसोही कार्यक्रममा योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सरकारले दीर्घकालिन रुपमै पुनर्निर्माणको खाका ल्याउनुपर्ने बताए ।

तत्कालका लागि लागि जेजस्तो काम गरिए पनि दीर्घकालिन योजनाहरु ल्याउनुपर्नेमा उनले जोड दिए ।

दाताहरुले नेपालको ठूलो सहयोग गर्न चाहे पनि सरकारको ब्यवस्थापकीय क्षमता र इमान्दारिताप्रति शशंकित बनेको क्षेत्रीले बताए । भूकम्पका कारण मात्र नभई जुनसुकै दैवीप्रकोपमा पनि जोखिमपूर्ण अवस्था रहेकाले दैवी प्रकोपलाई न्यूनीकरण गर्न छुट्टै ब्यवस्था गरेर अघि बढ्नुपर्ने उनले सुझाव दिए ।

पूर्व गभर्नरसमेत रहेका क्षेत्रीले सरकारले गर्न लागेको दाताको सम्मेलनले नेपालको छविमा आाच आउने भन्दै दाताहरुलाई नेपाल भनेको सधाै माग्ने देशका रुपमा चित्रित नगराउन आग्रह गरे । बाहिरबाट आएको स्रोतमा ऋण अनुदान मात्र नहुने उनको भनाई थियो ।

अर्थविद् डा. विश्वम्भर प्याकुरेलले भूकम्पले आघात पुर्याएको नेपाललाई फाष्ट ट्रयाक विधिबाट निर्णय गरेर सरकार अघि बढ्नुपर्ने बताए । अन्तरपार्टी समझदारी कायम गरी फाष्ट ट्रयाकमा काम गर्न उनले सुझाए । सरकारले हाल ल्याइरहेको योजनाहरु क्षणीक र टालटुले भएको टिप्पणी गर्दै प्याकुरेलले यस्ता योजनाहरुले दिगो आर्थिक विकास नहुने दावी गरे ।

सरकारको इच्छा शक्ति र वित्तीय ब्यवस्थापनमा समस्या देखिएको उनले बताए । अल्पकालिक योजना तत्काल सम्बोधन गर्न सरकार चुकेको उनको आरोप थियो । नेपालमा लगानी गरेर आफू असुरक्षित भएको महशुश गर्ने वातावरण बन्न नहुनेमा उनले जोड दिए ।

कार्यक्रममा अर्का अर्थविद् डा. दिल्लीराज खनालले नेपालको अर्थतन्त्रलाई राजनीतिक दलहरुले घिसार्दै ल्याइरहेकाले भूकम्पपछिको अर्थतन्त्र कसरी लैजाने भन्ने विषयमा सरकार र राजनीतिक दलहरु अल्मलिरहेको आरोप लगाए ।

नाफिजको नयाँ नेतृत्वमा प्रकाश

नाफिजको तेस्रो महासभाबाट अध्यक्षमा प्रकाशचन्द्र सापकोटा निर्वाचित भएका छन् । महासभाले नयाँ नेतृत्व निर्विरोध चयन गरेको हो । सापकोटा यसअघि सचिव रहेका थिए ।

महासभाले उपाध्यक्ष राजाराम कार्की र किरण मरहठ्ठा, महासचिवमा ईन्द्र बाँनिया, सचिवमा अमृतराज काफ्ले, सहसचिवमा चन्दा कार्की कोषाध्यक्षमा महेश घिमिरे रहने गरी १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment