Comments Add Comment

पाकिस्तानमा विमान अपहरणकारीलाई फाँसी

१४ जेठ, इस्लामाबाद । सन् १९९८ को मे मा पाकिस्तानको यात्रुबाहक विमान अपहरण गर्ने तीन व्यक्तिलाई फाँसी दिइएको छ ।

उनीहरूले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिएलए) आन्तरिक विमान अपहरण गरेका थिए । विमान बलुचिस्तान प्रान्तबाट कराचीतर्फ गइरहेको अवस्था अपहरणमा परेको थियो ।

आतङ्ककारी विरुद्धको अदालतका न्यायाधीश अब्दुल घाफोर मेमोन गतहप्ता ती तीनलाई फाँसीको सजाय सुनाएका थिए । विमानमा चालकदलका सदस्यसहित ३५ व्यक्ति सवार रहेका थिए ।

 अपहरणकारीले विमानलाई भारत लिएर जानका लागि दबाब दिएका थिए ।

 तर, चालकले विमानलाई सिन्ध प्रान्तको हैदराबाद विमानस्थलमा तेल भर्ने निहुँमा रोकेका थिए । विमान चालकले केही समयमा विमानलाई भारतको गुजरात राज्य अवतरण गर्छु भनी अपहरणकारीलाई भनेका थिए ।

केही समयपछि हैदराबाद विमानस्थलमै पाकिस्तानी कमाण्डोहरु आई अपहरणकारीहरुलाई पक्राउ गरेका थिए । अधिकारीहरुका अनुसार अपहरणकारीहरु बलुच लडाकू समूहसँग आबद्ध थिए ।

साहसावार बलुच र सबीर बलुचलाई सिन्ध प्रान्तको सेन्टर जेल हैदरबादमा र साब्बीर बलुचलाई सेन्टर जेल कराचीमा फाँसी दिइएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment