Comments Add Comment

भूकम्पपपछिको पहिलो सता साढे ७४ करोडको सेयर कारोबार

nepal stock१५ जेठ, काठमाडौं । बिनासकारी भूकम्पका कारण महिनादिन बन्द भएर खुलेको पहिलो सातामा नेप्से परिसूचक ९६ अंकले घटेको छ । कारोबार भएका पाँचदिनमध्ये चार दिनमा १०० अंकले घटेको नेप्से अन्तिम दिन बिहीबार ४ अंकले बढेको छ ।

साताभरमा १ सय ११ कम्पनीका १९ लाख १४ हजार कित्ता सेयर ७४ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यो साता कारोबार रकम (आठ करोड ८८ लाख ७० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ४३ हजार कित्ता) को आधारमा प्रभु बैंक संस्थापक अग्रस्थानमा छ ।

त्यसैगरी कारोबार संख्या (३ सय ७० वटा) को आधारमा चिलिमे हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रहृयो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment