Comments Add Comment

धादिङलाई केन्द्र बनाएर ५.२ रेक्टरको पराकम्प

Aftershokes-Dhading

१५ जेठ, काठमाडौं । धादिङलाई केन्द्र बनाएर शुक्रबार अपराहृन ५.२ रेक्टर स्केलको पराकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ४४ मिनेटमा ५.२ रेक्टर स्केलको पराकम्प गएको हो । यससँगै शुक्रबार पाँच पराकम्प गएको छ ।

मध्यान्ह १२ बजेर ३० मिनेटमा धादिङ र गोरखाको सीमालाई कैन्द्र बनाएर ४.८ रेक्टर स्केलको पराकम्प गएको थियो । वैशाख १२ को विनाशकारी भूकम्पपछि २ सय ७० भन्दा बढी पटक ४ रेक्टर स्केलभन्दा माथिका पराकम्प गइसकेको छ ।

ठूलो भूकम्पछि ससाना पराकम्प गइरहने भन्दै भूकम्प विद्हरुले नआत्तिन र सर्तक रहन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment