Comments Add Comment

अबको प्रधानमन्त्री ओली : युवराज ज्ञवाली

१५ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी ओलीले गर्न पाउनु पर्ने दाबी गरेका छन् ।

सहमतिको सरकारको लागि अहिले सुशील कोइरालाको नेतृत्व भएकाले त्यसपछिको नेतृत्व ओलीको हुनु स्वाभाविक भएको उनले उल्लेख गरे ।

Youbaraj Gyali-Reporters club dang speech

शुक्रबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा ज्ञवालीले भने, ‘अहिले नेतृत्वको दावी र ब्यक्तिको कुरामा अलमलिनु हुँदैन । यसमा एमाले अलमलिदैन तर एमालेले नेतृत्व पाउने भए संसदीय दलको नेता केपी शर्मा ओली नै हो ।’

भूकम्पपछि अभुतपूर्वक राष्ट्रिय एकता देखिएकाले यस्तो अवस्थामा मुलुकलाई एकताबद्ध बनाउने माध्यम राष्ट्रिय सहमतिको सरकार भएको भन्दै त्यसकालागि संसदले पारित गरेको संकल्प प्रस्ताव कार्यान्वयन गर्न साझा योजना बनाउनुपर्ने उनले बताए ।

संविधान निर्माण गर्न नसकेको र प्राकृतिक विपत्तिले थिल्थिलो बनाएकाबेला सबै दलको नेतृत्व ब्यक्तिगत स्वार्थबाट मुक्त हुनुपर्ने उनले आवश्यकता औंल्याए । अहिले ब्यक्तिगत स्वार्थ छाडेर राष्ट्रिय स्वार्थमा केन्द्रित हुनसके जस्तोसुकै समस्या पनि समाधान गर्न सकिने विश्वास ब्यक्त गरे ।

उनले भने, ‘अहिले सरकारमात्रै होइन विपत्तिको ब्यवस्थापन, स्थानीय निकायको निर्बाचन र संविधान निर्माणको योजना बनाउनु आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment