Comments Add Comment

निजी शैक्षिक संस्थाले एक महिनाको छात्रावास र यातायात शुल्क नलिने

१५ जेठ, काठमाडौं । देशभरका निजी शैक्षिक संस्थाहरुले भूकम्पका कारण विद्यालय तथा कलेज बन्द भएको अवधीको छात्रवास र यातायात शुल्क नलिने भएका छन् ।

school

निजी शिक्षालय महासंघ अपीनको शुक्रबार बसेको बैठकले कलेज र विद्यालय दुबै तहमा लागू हुने गरी यस्तो निर्णय गरेको हो । वैशाख १२ गतेको भूकम्पपछि बन्द भएका स्कुल तथा कलेजहरु जेठ १७ गते मात्र खुल्दैछन् ।

यसअघि निजी स्कुलहरुले विद्यालय बन्द भएको अवधीको पनि शुल्क लिने बताएपछि चर्को विरोध गरेको थियो । तर, छात्रवास र यातायात शुल्क बाहेक अन्य शुल्क भने लिइने निजी शैक्षिक संस्थाहरुले बताएका छन् ।

अपीनको बैठकले पढाई नभएको अवधिलाई पर्व विदा, परीक्षा विदा, जाडो विदा र आवश्यक परेमा शनिबारे विदालाई समेत गरेर ४५ दिनको पढाई पूर्ति गर्ने निर्णय गरेको छ ।

अपिनले क्षेत्राधिकार नाघ्यो : कार्की

यसैबीच प्याब्सनले अपिनले गरेका निर्णय कार्यान्वयन गर्न बाध्यकारी नहुने बताएको छ । अपिनले क्षेत्राधिकार नाघेर निजी विद्यालयसँग सम्वन्धि निर्णय गर्दै आएको प्याब्सन पदाधिकारीको गुनासो छ ।

‘सरकारले ५ प्रतिशत शिक्षा सेवा कर लगायो । त्यो गलत थियो भन्ने भएपछि प्याब्सन मातहत रहने गरी अपिन गठन भयो,’ ललितपुर प्याब्सनका अध्यक्ष शिव कार्कीले अनलाइनखबरसँग भने, ‘नीतिगत तहमा सल्लाह सुझाव दिन भनेर गठन भएको अपिन अहिले जथाभावि निर्णय गर्न थालेको छ ।’

भूकम्प पछिको अवधिमा छात्रावास, यातायात, अतिरिक्त कृयाकलाप लगायतका विषयमा कुनै पनि शुल्क नलिने निर्णय यसअघि नै प्याब्सनले गरिसकेकाले अपिनको यो निर्णय नौलो नभएको कार्कीको धारणा छ ।

उनले आइतबारदेखि नै विद्यालय खोल्ने जानकारी दिए । तर, विद्यार्थी संगठनहरुले एक महिनाको शुल्क मिनाहा गर्न राखेको माग भने पूरा गर्न नसकिने कार्कीले स्पष्ट पारे । ‘शुल्क नलिएपछि हामीले घर भाडा केले तिर्ने ? शिक्षक र कर्मचारीहरुलाई तलब कसरी दिने ?’ कार्कीले प्रश्न गरे ।

वैशाख १२ को भूकम्पपछि बन्द भएका शिक्षण संस्था आइतबारदेखि खुल्दैछन् । विद्यालय भवन भत्किएकाले आँगनमा टेन्ट राखेर भए पनि पढाइ सुरु गर्ने तयारी निजी विद्यालय सन्चालकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment