Comments Add Comment

एण्डरसनले बनाए टेष्ट क्रिकेटमा ४०० विकेटको रेकर्ड

James Anderson

१५ जेठ, काठमाडौं । इंग्ल्याण्डका पेस बलर जेम्स एन्डरसन टेस्ट क्रिकेटमा ४०० विकेट लिने पहिलो इंग्लिस बलर बनेका छन् ।

न्यूजिल्याण्ड बिरुद्धको दोस्रो टेस्टको पहिलो दिन २ विकेट लिँदै उनले कीर्तिमान बनाएका हुन् उनले किविज ओपनर मार्टिन गुप्टिल र केन विलियम्सनको विकेट लिए ।

यसअघि वेस्ट इन्डिजको टुरमा उनले सर इयान बोथएमको ३८३ विकेटको रेकर्डलाइ तोडेका थिए । त्यससँगै उनी इंग्लिस टेस्ट क्रिकेटमा सर्वाधिका विकेट लिने खेलाडि बनेका थिए ।

टेस्ट क्रिकेटको इतिहासमा ४०० वा सो भन्दा बढि विकेट लिने उनी १२ औं खेलाडि बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment