Comments Add Comment

निष्ठुरी, विप्लव र देवराज पाँचथरमा सम्मानित

bisnu

कृष्ण ओझा

१६ जेठ, पाँचथर । नेपाल पत्रकार महासघं पाँचथर शाखाले गणतन्त्र दिवसको अवसरमा तीन सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

महासंघका पूर्व सभापति विष्णु निष्ठुरीसहित तीन सञ्चारकर्मीलाई सम्मान गरिएको पत्रकार महासंघ पाँचथर शाखाका सभापति लवदेव ढुंगानाले जानकारी दिए ।

गणतन्त्र दिवसको अवसर पारेर स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कार, स्वर्गीय प्रजापती नेपाल खेलकूद पत्रकारिता पूरस्कार र हरिचरण भद्रमाया वातावरण पत्रकारिता पुरस्कारले तीन सञ्चारकर्मीलाई सम्मान गरिएको हो ।

विष्णु निष्ठुरीलाई स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कारले पुरस्कृत गरिएको छ । पत्रकार महासंघ शाखांले स्थापना गरेको पुरस्कारको राशी ११ हजार एक सय एक रुपैयाँसहित कदरपत्र रहेको छ ।

पाँचथर स्पोटिङ्ग क्लवले सन्चालन गरेको समाजसेवी हरीप्रसाद नेपाल द्वारा स्थापना गरेको स्व. प्रजापती नेपाल खेलकुद पत्रकारिता पुरस्कार इलामका विप्लव भट्टराईले प्राप्त गरेका छन् । उक्त पुरस्कारको राशी १० हजार रुपैयासहित कदरपत्र रहेको छ ।

त्यस्तै नरेन्द्र अधिकारीका दिवंगत मातापिताको नाममा स्थापना गेको हरीचरण, भद्रमाया नामको वातावरण पुरस्कार ताप्लेजुङका देवराज गुरुङलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी पाँच हजार पाँच सय ५५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment